शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख १८, २०८१
IMG_6371
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार  गाउँपालिकाकाे केन्द्र पाेखरेबगरमा तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ ,एकल चौतारा स्थित खाली क्षेत्रमा नकुहिने फोहोर संकलन स्थापना गर्ने कार्यको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदनको हालसम्मको अवस्था लगायत विषय माथी सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन ,प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी,गाउँपालिका मातहतका विषयगत शाखाका प्रमुख र कर्मचारीहरुले जवाफ दिएका थिए । वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्का ,वडा नम्बर ३ का वडा अध्यक्ष रमेश पुर्जा ,वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जा ,सहभागीहरु श्याम राना ,प्रदिप तिलिजा ,राजाराम बरुवाल लगायतले वडामा कर्मचारी नहुँदा भएको समस्या,गाउँपालिकालाई शिक्षा,स्वास्थ्य, योजना सम्पन्न पश्चात भुक्तानी प्रक्रिया,अनलाइन सुचना अभिलेख, कर,अनुदान उपभोक्ता अधिकार,विद्युतका कारण भएको क्षतीपुर्ती ,लगायतका विषयमा सवाल उठाउनुभएको थियो । गाउँपालिकाका  वरिष्ठ लेखा सहायक प्रेम पराजुलीका अनुसार,चालुतर्फ ३५ करोड ९५ लाख ४९ हजार ६ सय रुपैयाँ विनियोजन भएकोमा तीस करोड १५ लाख १३ हजार ७३४ रुपैयाँ (५६.०३५ प्रतिशत) खर्च र पुँजीगततर्फ २१ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन भएकोमा ४ करोड ९७ लाख २६ हजार २५६ रुपैयाँ (२३.२४५ प्रतिशत ) खर्च गरी कुल ४३ दशमलव ०८ प्रतिशत खर्च भएको छ ।गाउँपालिकाले तेस्रो त्रैमासिकमा विद्युतीय भुक्तानी मार्फत दुई हजार ६९ जना लाभग्राहीलाई दुई करोड ६० लाख ५३ हजार ६७६ रुपैयाँ भत्ता वितरण गरेको छ । भने हालसम्म सम्म सात करोड ७२ लाख ९८ हजार ४५९ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ । प्रशासकीय अधिकृत एवं  योजना शाखाका प्रमुख हरिकृष्ण आचार्यका अनुसार ,कुल योजना १८५ वटा मध्ये हालसम्म एक सय १३ वटा योजना सम्झौता भएर ४५ वटा योजना सम्पन्न भएका छन् । भने ४४ वटा योजना सम्झौताको चरणमा रहेका छन् । गाउँपालिकाको न्यायीक समितिमा तेस्रो त्रैमासिकमा एउटा मात्र निवेदन दर्ता भएको छ । गाउँपालिका राजश्व शाखा प्रमुख नविन भट्टका अनुसार ,विभिन्न शीर्षकबाट १ करोड ४७ लाख ४० हजार ६२९ रुपैयाँ १ पैसा आन्तरिक राजस्व संकलन भएकाे छ । बारबराका  इन्जिनियरीङ कन्सल्टेन्सीका  इन्जिनियर मोहन आचार्यले नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ ,एकल चौतारा स्थित खाली क्षेत्रमा नकुहिने फोहोर संकलन स्थापना गर्ने कार्यको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदनको हालसम्मको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष पुनले वडा स्तरबाट छनोट भएर आएका योजना तथा कार्यक्रम चालु आर्थिक वर्षको असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित गाउँपालिका कार्यान्वयन चरणमा रहेको बताउनुभयो । अनुदानका बारेमा उठेका प्रश्नको जवाफ दिंदै उहाँले निश्चित उद्धेश्य प्राप्तीका लागि व्यक्तिगत प्रयोजनलाई भन्दा पनि सामुहिक हितलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । गाउँपालिकामा रोगगारी र आय आर्जन कार्यक्रमका लागि न्युन आवेदन पर्ने गरेको उहाँको भनाइ छ । गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले चालु आर्थिक वर्षमा संचालित योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्ने लक्ष्य सहित कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया अगाडी बढीरहेको बताउनुभयो । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मेख बहादुर घर्तीले आफ्नो शाखाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सरकारले कक्षा ५ सम्म दिवाखाजा प्रदानगर्ने भएपनि गाउँपालिकाले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा वितरण गरेको बताउनुभयो । प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले प्रशासन शाखा, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाका प्रमुख खड्ग प्रसाद पुन, स्वास्थ्य शाखाको प्रगति तथा समिक्षा अनमी अमृता फगामी, पशुसेवा शाखाका प्रमुख प्रकाश घर्ति, कृषि विकास शाखाका प्रमुख हेमन्तबहादुर शाही, पूर्वाधार तथा भवन नियमन शाखाका प्रमुख इन्जिनियर इश्वोर भण्डारी, रोजगार सेवा केन्द्रका प्रमुख सुमित्रा गैरे कंडेल, महिला तथा बालबालिका शाखाका सबिन थापाले आफ्नो शाखाको कार्यप्रगति विवरण प्रस्तुत गर्नभएको थियो । सूचना प्रबिधि शाखाका प्रमुख रमेश थापाले आफ्नो शाखाको विवरण प्रस्तुत गर्दै स्थानीय तहको संस्थागत मुल्याङ्कनमा अन्नपुर्ण गाउँ पालिकाले ७५.५५ अंक प्राप्त गरेको बताउनुभयो । त्यसैगरी आयुर्वेद शाखाका प्रमुख सुर्यमनी शाह र उद्दम विकास शाखाको प्रशासकीय अधिकृत भगवती खड्काले प्रस्तुतिकरण गर्नुभएको थियो । पत्रकार महासंघ म्याग्दी शाखाका सदस्य कृष्ण जिसी र सहसचिव साधन राम्जालीले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले संचालन तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।            
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP