शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जलजलाको दह दम्पती हत्याकाण्ड : दुई जना आरोपी पक्राउ
जलजलाको दह दम्पती हत्याकाण्ड : दुई जना आरोपी पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख १८, २०८१
बेनी । पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा कृष्ण विक र दीपक परियार छन् । याे पनी‍‍‍... [embed]https://myagdinews.com/2024/04/75209/[/embed] हत्यामा संलग्न भएका एकजनालाई पर्वतको मल्लाजबाट र अर्का एकजनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले बतायो । प्रहरी स्राेतका अनुसार आरोपीत दुवै जना जलजला गाउँपालिकाबासी हुन् । प्रहरीले  बुधबार पत्रकार सम्मेलन गरेर संलग्नलाई सार्वजनिक गर्ने तयारी गरेकाे छ ।गत चैत १९ गते राती ६९ वर्षीय सूर्य बहादुर जिसी र उहाँको श्रीमती ६७ वर्षीय गमला जिसीको घर भित्रै विभत्स तवरले हत्या भएको थियो । हत्या लगत्तै प्रहरीको टोली घटनास्थलमा खटिएर अनुसन्धानमा जुटेको थियो । पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले भन्नुभयो, ‘हत्या घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्यामा संलग्न प्रहरी नियन्त्रणमा आइसकेका छन् ’हत्या घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गरेको थियो । नियन्त्रणमा लिएका माथि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । हत्या भएको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका जिसी खाटमै मृत भेटिएका थिए भने श्रीमती गमला भने भुईँमा घोप्टो अवस्थामा मृत भेटिनुभएको थियो । घटना लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अनुसन्धान अधिकृत खटाएको थियो । यो घटनालाई गम्भीर रुपमा लिएको भन्दै गण्डकी प्रदेशका तत्कालीन डीआईजी विकासराज खनाल आफैं घटनास्थल पुग्नुभएको थियो । पोखराबाट त्यतिबेला तालिम प्राप्त कुकुर, डाक्टर र अनुसन्धान अधिकृतको टोली घटनास्थल पुगेको थियो । घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वत भन्दा म्याग्दीबाट नजिक पर्ने भएकाले म्याग्दी सदरमुकाम बेनीलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वत र म्याग्दी, गण्डकी प्रदेश प्रहरी कार्यालय गरी तीन कार्यालयका अब्बल अनुसन्धान अधिकृत हत्यारा पत्ता लगाउन खटिँदा समेत आरोपी पत्ता लाग्न नसकेपछि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २८ चैतमा इन्सपेक्टरको कमाण्डमा तीन जनाको टोली पठाएको थियो ।अपराध अनुसन्धान र प्राविधिक रुपमा दक्ष मानिएको सीआईबीको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।  
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP