शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ग्राभेल गरेर स्तरोन्नति गर्ने सहमती पछि दुईदिनदेखि अवरुद्ध सडक सूचारु
ग्राभेल गरेर स्तरोन्नति गर्ने सहमती पछि दुईदिनदेखि अवरुद्ध सडक सूचारु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २२, २०८१
default
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ ,मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण अस्तव्यस्त भएपछि सडकमा जलविद्युत आयोजनाका सवारी साधनलाई अवरोध गरेका थिए । शुक्रवार दिनभर गाउँपालिकामा भएको सर्वपक्षिय छलफलमा जलविद्युत आयोजनाहरुले पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई ग्राभेल सहित स्तरोन्नती गर्ने र नियमित रुपमा सडकको धुलो कम गर्न पानी हाल्ने काम सूरु गर्ने सहमती भएपछि सडक सूचारु भएको हो । यस अघि गाउँपालिकासंग जलविद्युत आयोजनाहरुले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयबासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमती भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । सडक अबरोध भएपछि मौवाफाँटदेखि पिप्ले क्षेत्रमा निर्माण सामाग्री र उपकरण बोकेर रोकिएका जलविद्युत आयोजनाका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको जलविद्युत आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा, स्थानीय सरोकारवालाहरु समेतको बैठकमा बेनी–जोमसोम सडकखण्ड स्थित घुमाउनेतालदेखि पिप्ले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ्ग, ग्रेडिङ र ग्राभेल सहित सडक स्तरोन्नती गर्ने सहमती भएको छ । घुमाउनेताल देखि च्यानडाँडा सम्मको सडकमा रघुगंगा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युतको ठेकेदार जे.पी.एशोशियट्स कम्पनीले घुमाउनेताल देखि झिँ र दग्नाम जाने चोक सम्म तथा रघुगंगा मा.वि. को सरसापट सम्मको ड्रेनको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरि च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठुलोखोला र माथिल्लो ठुलोखोला जलविद्युत आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । ‘‘ सडक स्तरोन्नतीको लागत अनुमान तयार गर्ने र नापजाँचमा गाउँपालिकाका प्राविधिकहरुलाई खटाउँछौँ, पटक पटकको सहमती जलविद्युत आयोजनाहरुले कार्यान्वन नगर्दा समस्या उत्पन्न भएको छ, यस पटकको निर्णयलाई पालना गराउन गाउँपालिकाले निरन्तर पहलकदमी लिन्छ’’–अध्यक्ष भण्डारीले भन्नुभयो । बैठकमा वडा नम्बर ३ पिप्लेका वडा अध्यक्ष खिमबहादुर शाहीले पटक पटक भएका सहमती पालना नगरेको कारण स्थानीयबासी सडक अबरोधमा उत्रनुपरेको बताउँदै तत्काल सहमती पालना गरेर सडकलाई स्तरोन्नती गर्न जलविद्युत आयोजनालाई निर्देशन दिनुभयो । बैठकमा राहुघाट जलविद्युतको विद्युतगृह रहेको तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाई तथा चौडाई अनुसार प्रतिक्षालय निर्माण गर्ने र आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो आर्यघाट परिसरबाट खाली गर्ने निर्णय समेत भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP