शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन (तस्बिरहरु)
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २२, २०८१
IMG_6534
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको बताउनुभयो । सांसद गौचनले थप पुर्वाधार निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । उहाँले युवा नै देशको अग्रगामी विकासका मुल आधार भएको सांसद गौचनले बताउनुभयो । युवाको मेहनतले नै देश बन्ने भएकोले युवालाई स्देशमै बस्ने वातावण बनाउन राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो । कांग्रेस म्याग्दीका पुर्व सचिव क्याप्टेन मिनबहादुर कार्की र  वडा अध्यक्ष एकजित रोकाले गाउँको हरेक क्षेत्रको विकास र परिवर्तमान युवा क्लबले ठुलो भुमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा थप पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजनको लागि पहल गर्ने बताउनुभयो ।  वडा सदस्य नरबहादुर खत्री,समाजसेवी इश्वर आचार्य ,क्लबका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनजागृती माविका प्रअ टेकबहादुर राम्जाली, मनिष गाैचन लगायतले  युवा क्लबले विगतदेखि नै खेलकुद क्षेत्रको विकास ,सामाजिक परिवर्तन र स्थानीय कला संस्कृतिको संरक्षणमा ठुलो भुमिका खेलेको बताउनुभयो । सांसद गौचनको पहलमा गण्डकी प्रदेश सरकारबाट दश लाख र क्लबले थप गरेर करिब साढे एघार लाख रुपैयाँमा स्टेज निर्माण गरिएको क्लब अध्यक्ष खगेन्द्र खत्रीले बताउनुभयो । स्टेज निर्माण भएपछि सहज भएको क्लब अध्यक्ष खत्रीले बताउनुभयो । यसैगरी,सांसद गौचनको पहलमै प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ लागतमा खेलमैदानमा घेराबार गरिएको छ । उहाँले स्टेजको स्टोर कोठा पुर्णता दिन र खेलमैदानलाई थप व्यवस्थित बनाउन थप बजेट सहयोग गर्न आग्रह गर्नुभयो । क्लबद्धारा आयोजित तिहार मेलाबाट प्राप्त आम्दानी ,स्वदेश तथा विदेशमा रहेका पुर्णगाउँबासीबाट संकलित सहयोग रकमबाट क्लबले खेलमैदानको लागि जग्गा खरिद गरेको थियो । शनिबार खेलमैदान निर्माणमा गर्न आवश्यक जग्गा खरिद गर्नका लागि सहयोग पु¥याउने सहयोगीदाताहरुलाई सम्मान गरेको छ । अधिवेशनबाट क्लको अध्यक्षमा खगेन्द्र खत्री दोहोरिनुभएको छ । विक्रम स‌ंवत २०६३ सालमा स्थापीत क्लबकाे कार्यसमितीकाे  वरिष्ठ उपाध्यक्षमा सिजन गौचन ,उपाध्यक्षमा प्रवेश थजाली ,सचिवमा भरत अर्मजा ,सहसचिवमा ऋषिकेश तिवारी ,कोषाध्यक्षमा विन्दु विक चयन हुनुभएको छ । भने सदस्यहरुमा कुमार विक,रबि राम्जाली ,भविन्द्र राम्जाली ,निशान पुन ,कौशिला पुन ,सुस्मिता पुन ,सन्ध्या खत्री चयन हुनुभएको छ । यसैगरी क्लबको सल्लाहकारहरुमा टेकबहादुर राम्जाली,गोविन्द सुवेदी ,अर्जुन आचार्य ,इश्वर आचार्य र शिव आचार्य चयन हुनुभएको छ । कार्यक्रममा निवर्तमान सहसचिव अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान उपाध्यक्ष गौचनले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा समुह,क्लबका सदस्य लगायतले नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP