शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी नगरपालिकामा शिक्षक र कर्मचारीले दलीय आबद्धता त्याग्नुपर्ने
बेनी नगरपालिकामा शिक्षक र कर्मचारीले दलीय आबद्धता त्याग्नुपर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख २७, २०८१
beni nagar-office
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई जानकारी दिनुपर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्रियाशील राजनीतिक दललाई दलीय आबद्धता भएका शिक्षक तथा कर्मचारीहरूलाई अलग गर्न पत्राचार समेत गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू दलीय राजनीतिमा सक्रिय हुने गरेको गुनासो बढ्न थालेपछि मन्त्रालयबाट समेत परिपत्र गरिएको थियो । यसैबिच नगरपालिकामा कार्यरत जनप्रतिनिधि,कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनेको छ । नगर कार्यपालिकाको वैशाख १८ गते बसेको कार्यपालिकाको बैठकले वैशाख १२ गते गरेको शिक्षा समितिको बैठकका निर्णयहरू अनुमोदन गर्दै जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक र कर्मचारीले सामुदायिक विद्यालयलाई नै रोज्नुपर्ने नियम बनाएको हो । उक्त नियम अनुसार उपमेयर, वडाका जनप्रतिनिधिहरूले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेका छन् । “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि शिक्षक सरुवासहितका थप सुधारका योजनाहरू बनाइएको छ’’,वडा नम्बर ९ का वडा  अध्यक्ष एवं  सामाजिक विकास समितिका संयोजक चक्र केसीले भन्नुभयो । नगरप्रमुख केसीले सामुदायिक विद्यालयको लगानीलाई गुणस्तरीय बनाउने र सबै विद्यालयको विद्यमान विद्यार्थी, शिक्षक, कर्मचारीको सङ्ख्यासहितको विवरण सङ्कलन गर्ने गरी अनुगमनलाई तीव्रता दिन निर्देशन दिनुभयो । नगरपालिकाले सामुदायिक विद्यालयका प्रअ,शिक्षकलाई पालिकाभित्रका विद्यालयमा सरुवासहित कम विद्यार्थी भएका विद्यालय मर्जसहितको तयारीका लागि कार्यविधिका लागि उपसमिति बनाएको छ । प्रअ नियुक्ती गर्दा प्रतिस्पर्धा मार्फत गरिने नगरपालिकाले  जनाएकाे छ ।सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भनेर राज्यको ठुलो लगानी भएअनुसार विद्यार्थी नहुँदा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने नगरपालिकाले जनाएको छ । यसैबिच बेनी नगरपालिका– ८,स्थित बाल मन्दिर माविलाई कक्षा १० सञ्चालनको अनुमति दिने, बेनपा–७,स्थित प्रकाश माविको कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान थप गर्ने, बेनपा–२ ,बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयलाई कक्षा ८ को अनुमति दिने निर्णय भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP