शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • खेलाडी उत्पादन गर्न म्याग्दीको बेनीमा भलिबल प्रशिक्षण सुरु
खेलाडी उत्पादन गर्न म्याग्दीको बेनीमा भलिबल प्रशिक्षण सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख २८, २०८१
IMG_5377
म्याग्दी । नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवारदेखि १० दिनका लागि भलिबल प्रशिक्षण सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षण सञ्चालन गरिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका, कक्षा ११ र १२ अध्ययन गर्दै गरेका तथा १२ कक्षा पास भई बसेका विद्यार्थीहरुलाई लक्षित गरेर भलिबलको प्रशिक्षण आयोजना गरिएको म्याग्दी जिल्ला भलिबल संघले जनाएको छ । नेपालको राष्ट्रिय खेल भलिबलप्रति आकर्षण बढाउन, नयाँ खेलाडीहरुको पहिचान तथा उत्पादन गर्न र खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण सुरु गरिएको छ । भलिबल प्रशिक्षणको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई अनुशासनपूर्वक खेल प्रदर्शन गर्न सुझाव दिनुभयो । उहाँले भलिबललगायत खेलकुदजन्य गतिविधिहरुको टे«निङ सेन्टरका लागि बेनी नगरपालिकाले जग्गा व्यवस्थापन गरेको बताउँदै १० दिनको भलिबल खेललाई अवसरको रुपमा लिएर पूर्ण रुपले प्रशिक्षण लिनुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रको विकास गर्नको लागि आवश्यक पहल गर्नुका साथै बजेटको समेत व्यवस्थापन गरिने नगर प्रमुख केसीको भनाइ छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले खेलकुदमा अनुशासन मुख्य भएकाले प्रशिक्षणमा सहभागी खेलाडीहरुले अनुशासनलाई ध्यानमा राखेर खेल्नुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा भएको लगानीको प्रतिफल लामो समयपछि देखिने बताउँदै नयाँ खेलाडी उत्पादन तथा खेलाडीहरुलाई थप दक्ष, योग्य र सक्षम बनाउन खेलकुद विकास समिति र म्याग्दी जिल्ला भलिबल संघले खेलकुदका गतिविधिलाई जोड दिएको बताउनुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले खेलकुदमा नवआगन्तुक खेलाडीको पहिचानसँगै समग्र खेलकुदको विकास गर्न प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । नेपाल पुलिस क्लबका भलिबल खेलाडी जमानसिङ परियारले अनुभव सुनाउनुभएको भलिबलको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता, महासचिव कुमार किसानको सञ्चालन र रघुगंगा गाउँपालिका भलिबल संघका अध्यक्ष अशोक शाहीले स्वागत गर्नुभएको थियो । भलिबलको प्रशिक्षण कार्यक्रममा संघका अध्यक्ष एवं प्रशिक्षक तेजेन्द्र बानियाँ, महासचिव कुमार किसान र सदस्य तथा प्रशिक्षक मलिनकुमार रोकाले प्रशिक्षण दिनुहुनेछ । भलिबल प्रशिक्षण कार्यक्रममा २० वर्षमूनिका म्याग्दी जिल्लाबाट पुरुष ४४ र महिला २८ जना प्रशिक्षार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP