शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सवारीचालकमा उच्च रक्तचाप र सुगर धेरै देखियो (तस्बिरहरु)
सवारीचालकमा उच्च रक्तचाप र सुगर धेरै देखियो (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ३०, २०८१
IMG_5445
बेनी । सवारीचालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षणको क्रममा अधिकांशमा उच्च रक्तचाप (प्रेसर) र सुगर रोगको समस्या पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आइतबार स्वास्थ्य परीक्षण गर्दा सवारीचालक तथा सहचालकहरुमा यस्तो समस्या देखिएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक सप्ताह–२०८१ अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा सवारीचालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालक र सहचालकहरुमा प्रेसर तथा सुगरको समस्या पहिचान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड भएर आवतजावत गर्ने विभिन्न प्रकृतिका सवारीसाधन हाँक्ने चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गराएका कुल ४६ जनामध्ये अधिकांशमा प्रेसर र सुगरको समस्या पहिचान भएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले बताउनुभयो । स्वास्थ्य परीक्षण गरेकामध्ये अधिकांशमा उच्च रक्तचाप प्रेसर तथा सुगर देखिएको हुँदा खानपानमा विशेष ध्यान दिन र समय समयमा स्वास्थ्य चेकजाँच गर्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो । ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत बेनी अस्पताल र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीसँगको सहकार्यमा ट्राफिक प्रहरीले चालक तथा सहचालकहरुलाई लक्षित गरेर प्रेसर, सुगर र आँखाको परीक्षण शिविर सञ्चालन गरेको थियो । शिविरमा मेडिकल अधिकृत डा. सापकोटा, बेनी अस्पतालका हेल्थ असिस्टेन्ट लिमा पुन र नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनी म्याग्दीका प्राविधिक विकास पूर्जाले सवारीचालक र सहचालकको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । लामो तथा छोटो दूरीमा सवारीसाधन हाँक्ने चालक तथा सहचालकहरुको स्वास्थ्य अवस्था पत्ता लगाउन र ट्राफिक नियमबारे सचेतना फैलाउने उद्देश्यसहित ट्राफिक सप्ताहअन्तर्गत स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राजकुमार केसीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ट्राफिक सप्ताहअन्तर्गत समुदायस्तरमा सचेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २२:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP