शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी बहुमुखी क्याम्पसमा भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना (तस्बिरहरु)
म्याग्दी बहुमुखी क्याम्पसमा भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ३१, २०८१
IMG_6761
बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न भवन निर्माण सहित विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशनको एक करोड २० लाख ,लायन्स क्लब बेनी म्याग्दीको बीस लाख ५० हजार र लायन्स क्लब म्याग्दी दोभानको बीस लाख ५० हजार रुपैयाँ लागतमा उक्त भवन निर्माण सहित प्रयोगशाला स्थापना गरिएको हो ।विज्ञान प्रयोगशालाको लायन्स क्लब अन्तराष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गदैं म्याग्दीको पुरानो क्याम्पसको शैक्षिक अभियानमा लायन्स जोडिन पाउँदा खुसी लागेको बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसले भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञानका लागि छुट्टै कक्ष निर्माण गरी फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए । प्रयोगशालामा आधुनिक माइक्रोस्कोप सहित नयाँ उपकरणहरु समेत राखिएकाले जिल्लाभित्र विज्ञान विषयको अध्ययन र अनुसन्धानका लागि समेत सहज हुने छ।प्रयोगशालाले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने, शिक्षण सिकाइ क्रियाकलाप समेत प्रभावकारी हुने भएकाले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी छात्राबृद्धि सहितका आर्कषक प्याकेजहरूमार्फत समेत विद्यार्थीलाई आर्कषित गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले बताए । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका गभर्नर चन्द्रकुमार केसीले हालसम्म लायन्स क्लबले म्याग्दी जिल्लामा विभित्र परियोजनामा १२ करोड रुपैया भन्दा धेरैको सहयोग गरेको बताए । विज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पस पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण सुबेदी,सञ्चालक समितिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । म्याग्दी क्याम्पसमा विभिन्न संकायमा एक हजार एक सय ९९ जना विद्यार्थी अध्ययनरत छन् । लायन्स क्लवका प्रोजेक्ट चियरपर्सन सन्तोष रावलले प्रयोगशालाको नियमित प्रयोगसँगै भविस्यमा समेत थप सहयोग गरिने बताए । यसअगाडी लायन्स क्लबको आर्थिक सहयोगमा बेनी नगरपालिका–९, तोरीपानीस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा चार करोडको दुईतले आठवटा कोठासहितको पक्की भवन विद्यालय समेत बनाइएको थियो । म्याग्दीमा सन् २००७ देखि लायन्स क्लबमार्फत शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहयोग गरिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २३:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP