शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा (फोटो फिचर)
म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ३१, २०८१
IMG_6866
बेनी । म्याग्दी जिल्ला गण्डकी प्रदेशमै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।बच्चा जन्मिएको १६ महिनादेखि ५ वर्षमूनिका कुल ४ हजार ८ सय ६९ जना बालबालिकाहरुले पूर्ण खोपको मात्रा पुरा गरेपछि म्याग्दीलाई साेमबार पूर्ण खोप सुनिश्चितताको दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाहरुले लगाउनुपर्ने कुल १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेपछि म्याग्दीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए ।जिल्लामा १५ महिना मुनिका १ हजार ५ सय ६७ जना बालबालिकाहरुले नियमित रुपमा खोप लगाइरहेको र १६ महिनादेखि ५ वर्षमूनिका लक्षित उमेर समूहका सबै बालबालिकाहरुले पूर्ण खोपको मात्रा पूरा गरेका छन् । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको प्रमुख ठकुराठीको भनाई छ । बालबालिकाहरुले १५ महिनादेखि ५ वर्षको उमेरसम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘स्थानीय खोपको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित एक समारोहबीच म्याग्दीलाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाको रुपमा घोषणा गरिएको हो । म्याग्दीलाई पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा कार्यक्रमको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले उद्घाटन गर्दै पूर्ण खोप सुनिश्चितता दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता दिगोपनाको रुपमा घोषणा हुने जिल्लामा म्याग्दी पहिलो बनेको छ ।कार्यक्रममा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणाका लागि सहयोग पु¥याउने, पालिकाहरु, स्वास्थ्यचौकी, विभिन्न संघसंस्था, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । म्याग्दी जिल्लामा खोप लगाउन आनाकानी गर्नेलाई घरदैलोमै पुगेर पटकपटक सचेतनामुलक अभियान सहित कार्यक्रम गरी खोप अभियानमा जोड्ने गरिएको छ ।पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, स्वागत उपप्रमुख दिलकुमारी खत्री र सञ्चालन अनमी सुमित्रा थजालीले गरेको कार्यक्रममा म्याग्दीका स्थानीय तहका प्रमुख तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।  
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २३:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP