शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा मादल बजाउने तालिम सुरु (तस्बिरहरु)
बेनीमा मादल बजाउने तालिम सुरु (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २, २०८१
received_432062742875967
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले स्वस्थ रहन समेत सहयोग पु¥याउने उहाँको भनाई थियो । कला संस्कृतिको संरक्षण स्वरुप नगरपालिकाले संचालन गरेको परम्परागत लोकबाजा मादल बजाउने तालिममा सक्रियता पूर्वक सिप सिक्न सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछानेले महिलाहरुलाई गाउँघरमा हुने रत्यौली, भजनकृतन लगायतमा मादल बजाउन सक्ने क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले महिलाहरुमा मादल बजाउन सिक्ने तिव्र इच्छा भएको र तालिम संचालनका लागि माग आएकाले नगरपालिका भित्रका महिला दिदीवहिनीहरुलाई लक्षित गरेर तालिम संचालन गरिएको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत अधिकृत सातौँ अर्जुन सुवेदी र संचालन महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ९ का अध्यक्ष चक्र केसी, कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ र वविता सापकोटाको पनि उपस्थिति रहेको थियो । तालिममा बेनी नगरपालिका भित्रका आमा समुह तथा महिलाले नेतृत्व गरेका संघ÷संस्थाहरुबाट गरि ६० जना सहभागी भएका छन । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गर्नुभएको छ । सहभागीहरुलाई २० जनाका दरले तीन समुहमा विभाजन गरेर तालिम संचालन गरिने प्रशिक्षक पुनले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP