शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते
भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २, २०८१
accident-bhakimli 2081
बेनी । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो करिब तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ । घाइते हुनेहरुमा चालक कृष्ण किसान सहित सवार अन्य रोहित पुन,लाल बहादुर छन्त्याल,विजय किसान र पवन पुन रहनुभएको छ । घाइतेहरू मध्ये चालक किसान र विजय किसान साेही नगरपालिका वडा  नम्बर ६ डम्मराका हुनुहुन्छ भने अन्य तीन जना स्थानीय साेही वडाका  हुनुहुन्छ । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि बेनी अस्पताल ल्याइएकाे छ ।अहिले उनिहरूकाे उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ । उनिहरूकाे स्वास्थ्य अवस्था मध्यम रहेकाे छ । टाउकाे ,नाक सहित शरिरका विभिन्न भागमा चाेट लागेकाे छ ।  ट्याक्टर टुक्रा/टुक्रा अवस्थामा फेला परेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP