शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • बालमन्दिरको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर/भिडिओ)
बालमन्दिरको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २, २०८१
IMG_8595
बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयले हिजो बुधवार ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयद्वारा एक समारोहको आयोजना गरी बेनीबजार परिक्रमासहित विविध कार्यक्रम गरेर वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । भिडिओ हेर्नुहाेस्... [embed]https://youtu.be/oEuouekP8jg[/embed] वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीहरुको आकर्षण बढाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । उनले आफू वडावासी भएको नाताले पनि आफ्नो वडामा सञ्चालित विद्यालयको चौतर्फी विकास गर्नका लागि आवश्यक पहल गर्ने बताउँदै प्रदेश सरकारमार्फत शैक्षिक क्षेत्रको विकासमा जोड दिइने बताएकी छन् । आजका बालबालिका भोलिको देश विकासका लागि कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा हुने लगानी खेर नजाने भएकाले बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक लगानी गर्नुपर्ने प्रदेश सभा सदस्य गौचनको भनाइ छ । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/0WImXH-yVkA[/embed] कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल, म्याग्दी बहमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख श्रीधर सुवेदी, विद्यालयका पूर्व अध्यक्ष नेत्रबहादुर महत, पूर्व सदस्य माधवप्रसाद रेग्मी, चन्दादाता हिमबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ र विद्यालयका शिक्षक सन्तोष सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले विद्यालयको समग्र गतिविधि, आर्थिक तथा शैक्षिक अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र सहायक प्रधानाध्यापक गीता सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विव्यस सदस्य रामबहादुर खत्री र विद्यार्थी सृष्टि घर्तीले स्वागत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडानम्बर ८ बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, वडानम्बर ९ घतानका वडाध्यक्ष चक्रबहादुर केसी, विद्यालयका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठसहित अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कलाकार विद्यार्थीहरुले स्वागत गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २२:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP