शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • समाज सेवामा समर्पित समाजसेवी कृष्ण जुग्जाली
समाज सेवामा समर्पित समाजसेवी कृष्ण जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ ४, २०८१
168fdade-7702-409d-9884-16f967878da4

“उत्तिष्ठ जागृत प्राप्य वरान्निबोधतः” अर्थात् उठ जाग र लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिनु – उपनिषद

जब कुनै मनुष्य आफ्नो जड चेतनाबाट माथि उठ्न सक्यो भने र मानव कल्याण र परोपकार भावनाबाट जाग्न सक्यो भने उसले आफ्नो सामान्य जिन्दगीमा जति गर्न सक्छ त्यो भन्दा कैयौं गुणा उसले आफ्नो सामथ्र्य एवम् खुबी अभिव्यक्त गर्न सक्छ । यही खुबीका कारण उसको संघर्षको राजमार्गमा जस्तोसुकै चुनौतिका आँधीबेहरी आइपरे तापनि आफ्नो लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिने सामर्थ्य राख्छन् । वास्तवमा यस्ता खुबीका मनुष्यहरु नै समाजमा सराहनीय र उदाहरणीय जिन्दगी बाँचिरहेका हुन्छन् । हाम्रो समाजका यस्तै सराहनीय एवम् उदाहरणीय व्यक्तित्वको नाम हो कृष्ण जुग्जाली ।जसले विद्यार्थी जीवनकालदेखि आजसम्म विभिन्न संघसंस्थाहरुमा आबद्ध भई अनवरत रुपमा मानवीय सेवा सँगै सामाजिक हितका थुप्रै कामहरु गर्दै आउनुभएकाे छ । जस्तैः बाढीपीडित, सडक बिस्तार, विभिन्न घटना तथा दुर्घटनामा परी घाइते हुनेहरुको लागि स्वास्थ्योपचार, मृगौला पीडित, क्यान्सरका रोगी लगायत धार्मिक, विकास निर्माणका लागि आर्थिक, भौतिक, नैतिक सहयोग दान र योगदान गरी थुप्रै किसिमका दुःखी पीडितहरुका लागि भाग्यदाता बनेका जुग्जालीले बिम मालिका संघ काठमाडौं अन्तर्राष्ट्रिय विभागलाई माध्यम बनाई आफ्नै सक्रिय नेतृत्वमा गोलघर ध्यान केन्द्र निर्माणार्थ २५ लाख रुपैयाँ बराबरको रकम संकलन जस्तो अमूल्य सहयोग गरेर अत्यन्तै सुन्दर एवम् ऐतिहासिक कार्यको थालनी गर्नुभएको छ । “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात् जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा प्यारो हुन्छ । यस्तै भावनाबाट अभिप्रेरित भएर जुग्जालीले समाजमा थुप्रै सहयोग सँगै योगदान दिदैं आउनुभएको छ । यसै बीचमा आफ्नो पुख्र्यौलीको चिनारी पुस्तक लेखी बिमको साहित्य क्षेत्रमा एक इट्टा  थप्नुभएका जुग्जालीले शिक्षाको महत्व राम्रोसँग बुझ्नुभएको छ । फलस्वरुप वि.सं. २०८१ साल जेठ महिनामा श्री किसानी माध्यमिक विद्यालय, बिमको शैक्षिक उन्नतिमा टेवा पुगोस् भन्ने हेतुले आफ्नो स्वर्गीय बाबा आमाको स्मृतिमा स्वयं आफू र आफ्नो सहोदर दाजु दल जुग्जालीको संयुक्त पहल कदमीमा पाँच लाख रुपैयाँको सञ्जीवनी अक्षयकोष समेत स्थापना गरी अनुकरणीय काम गर्नुभएको छ । वास्तवमा जसले आफ्नो मात्र नभई समाजको लागि पनि बाँच्न जानेको हुन्छ । यसैलाई जीवन जिउने कला भनिन्छ र जसको जीवनसँग कला जोडिन्छ उसैको जिन्दगी नै समाजको गहना बन्दछ । यस्तै समाजका एक अमूल्य गहना हुनुहुन्छ कृष्ण जुग्जाली । If you cannot do great things, do small things in a great way  - Napoleon. [embed]https://youtu.be/PaoqRSaF_eQ[/embed]  
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP