शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी (तस्बिरहरु)
जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ ४, २०८१
IMG_8657
बेनी । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा जनप्रिय माविकी रश्मि जैसी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा  अभिषेक पाैडेल , निशा पुन ,एल्सन खड्का,उसा सिर्पाली,अश्मि खड्का र डिपी आचार्य चयन हुनुभएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना र जिल्ला बाल अधिकार समिति,रिक म्याग्दीको समन्वयमा जिल्ला बाल सञ्जाल पुनर्गठन   सँगै पदाधिकारीहरुलाई बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण गराइएको छ ।सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले कार्यक्रमका बारेमा प्रकाश पार्दै बालबालिकाको सवालहरुलाई सम्बन्धीत सरोकारवाला निकायहरुमा पु¥यानका लागि सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने  बताउनुभयो । उहाँले आवश्यक सहजीकरण तथा सहयोग पनि कार्यालयले गर्ने बताउनुभयो । सञ्जाल अध्यक्ष भण्डारीले बालबालिकाको हकअधिकार थप व्यवहारिक रुपमा कार्यान्वयन गराउन भुमिका खेल्ने बताउनुभयो । विहिबारदेखि सञ्चालित कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख डिलकुमारी खत्रीले उद्घाटन गर्नुभएको थियो । जिल्ला बाल सञ्जाल म्याग्दीका निवर्तमान उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता , सामाजिक विकास कर्यालयका नायव सुब्बा गोविन्द पुनकाे सञ्चालन र जिल्ला बाल अधिकार समितिका अध्यक्ष कोमलप्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो ।बेनी नगर उपप्रमुख ज्योती लामिछाने ,सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त लगायतले बोल्नुभएको थियो । भने गैसस महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल पौडेल ,मुक्ति ढुङ्गाना र ज्ञानु आचार्यले सहजीकरण गर्नुभएको थियो । दोस्रो जिल्ला बाल भेलाले १२ बुँदे घोषणापत्र जारी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP