शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ज्यामरुककोटमा सम्पन्न निःशुल्क आँखा शिविरबाट एकसय २५ जना लाभान्वित
ज्यामरुककोटमा सम्पन्न निःशुल्क आँखा शिविरबाट एकसय २५ जना लाभान्वित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ ५, २०८१
photo-collage.png
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार सम्पन्न निःशुल्क आँदा शिविरमा एकसय २५ जना लाभान्वित भएका छन् ।ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह घिमिरेको आँखा जाँच गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो । शिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना विरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको क्लवका अध्यक्ष धु्रव थापाले जानकारी दिनुभयो ।शिविरले स्थानीय वृद्ध वृद्धादेखि अशक्त, अपाङ्गता र बालबालिका तथा वयस्क सबै उमेर समूहले आँखा उपचारको अवसर पाएको उहाँको भनाइरहेको छ । शिविरले आँखाको समस्या भएका बालबालिकादेखि वृद्ध वृद्धासम्म लाभान्वित भएको स्थानीय युवा दानेन्द्र थापा क्षेत्रीले बताउनुभयो । लेखसाइड युवा क्लवले केवल मनोरञ्जनात्मक कार्यक्रमहरु मात्र नभइ रचनात्मक र सेवामूलक कार्यक्रमहरु पनि गर्दै आएको र रक्तदान कार्यक्रम पनि आयोजना गर्न लागिएको थापाको भनाइरहेको छ । क्लवका उपाध्यक्ष नारायण शर्माका अनुसार आँखा शिविरमा ज्यामरुककोटको गौश्वारा,सानालेख,तमाने,भकुण्डे,फापरखेत र खवरा क्षेत्रबाट समेत विरामीहरु आएका थिए ।लेखसाइड युवा क्लवले हरेक वर्ष महाशिवरात्री पर्वको अवसरमा विविध कार्यक्रम सहित मेला पनि आयोजना गर्दै आएको छ । स्थानीय युवाहरुले देश विदेशमा रहेका सानालेखवासीहरुबाट सहयोग जुटाएर संचालन गर्ने गरिएको सो मेला खेल र मनोरञ्जनको संगम बन्ने गरेको छ । लोपोन्मुख संस्कृतिको संरक्षण,खेलप्रतिभाहरुको पहिचान,सामाजिक योगदानको मूल्याङ्कन गर्ने उद्धेश्यले हरेक वर्ष महाशिवरात्री पर्वको अवसर पारेर मेला आयोजना गर्ने गरिएको लेखसाइड युथ क्लवका उपाध्यक्ष नारायण शर्माले बताउनुभयो ।

२०७५ सालमा बेनी नगरपालिकाको रु ४ लाख ८२ हजार ५ सय अनुदान र बाँकी रकम देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट सहयोग जुटाएर क्लवमा आबद्ध युवाहरुले साढे ६ लाख रुपैयाँ खर्चगरी सामुदायिक भवन निर्माण र २ लाख भन्दा बढीको लागतमा खेलमैदान निर्माण गरेका थिए । गाउँको विकास र युवाहरुको अभियानलाई देश विदेशमा रहेका सानालेखबासीहरुले पनि मन खोलेर सहयोग गर्ने गरेका दानेन्द्र थापाले बताउनुभयो । शनिवार सम्पन्न आँखा शिविरका लागि बागलुङ जीपपार्क स्थित नवदुर्गा हार्डवेयरका संचालक विमल सुवेदी र गणेश भण्डारीको विशेष सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २१:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP