शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • सिङ्गाका महिलाहरुलाई मादल बजाउने तालिम : अब गाउँमा खोज्नुपर्दैन मादले
सिङ्गाका महिलाहरुलाई मादल बजाउने तालिम : अब गाउँमा खोज्नुपर्दैन मादले
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ ७, २०८१
IMG_6074
म्याग्दी । कला र संस्कृतिको संरक्षणसँगै गाउँघरमा आइपर्ने सामाजिक कार्यमा मादल बजाउनेको अभाव भएपछि महिलाहरुलाई तालिम दिइएको छ । मेला पर्वको साथमा भजनकिर्तन, देउसीभैलो, रत्यौलीलगायत विविध सांस्कृतिक कार्यक्रमहरुमा मादले खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तालिम सञ्चालन गरिएको हो । यसैक्रममा म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाले महिलाहरुलाई मादल सिप सिकाइ सम्बन्धी तालिम प्रदान गरेको छ । गाउँघरमा आवश्यक पर्दा उनीहरुलाई मादल बजाउन सिकाएर दक्ष बनाउन वडाले एक हप्ताको तालिम दिएको जनाएको छ । वडाको महिलालक्षित कार्यक्रमअन्तर्गत गएको वैशाख ३० गतेदेखि यही जेठको पहिलो सातासम्म मादल बजाउने तालिम सञ्चालन गरिएको थियो । प्रशिक्षक, कलाकार एवं पत्रकार कृष्णबहादुर जिसीले समुदायमा प्रचलित अति आवश्यक झ्याउरे ताल र समला तालको विषयमा मादल बजाउने तालिमको सहजीकरण गर्नुभएको थियो । झ्याउरे र समता तालअन्तर्गत भजनकिर्तन, देउसीभैलो, तीजगीत, लोकगीत, झाम्रे, सालैजो, रत्यौलीलगायत गीतसङ्गीतको मादल बजाउन सिकाइएको प्रशिक्षक जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागी महिलाहरुले भजनकिर्तनसँगै गीतहरु गाएर मादलको विभिन्न तालहरु बजाउँदै सिकेका थिए । तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले मादल बजाउने तालिम नेपाली समाजको कला, संस्कृतिसँग जोडिएको हुँदा कला, संस्कृति र परम्परालाई जोगाउन तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले वडा र नगरपालिकाले महिलाहरुको क्षमता अभिवृद्धि गरी दक्ष र सक्षम बनाउन सिपमूलक विभिन्न तालिमहरु सञ्चालनमा जोड दिइएको बताउँदै पछिल्लो समय नेपाली कला र संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विभिन्न तालिममार्फत महिलाहरुको क्षमता वृद्धिमा जोड दिइएको हुँदा सबै महिला दिदीबहिनीहरुले समान रुपमा तालिम लिनुपर्ने उहाँको भनाइ छ । तालिमको समापन गर्दै सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि वडामार्फत विभिन्न सचेतनामूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई तालिमको साथमा टोल विकास संस्थालाई एकएक वटा मादल हस्तान्तरण गरिएको बताउँदै वडामार्फत आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । वडा सदस्यद्वय पवित्रा किसान र सन्दीप खत्रीले मादल बजाउने तालिमको सिप र ज्ञानलाई व्यवहारमा पूर्ण रुपले उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो । तालिमका प्रशिक्षक जिसीले सहभागी महिला दिदीबहिनीहरुले अत्यन्त जाँगर तथा उत्साहसहित सक्रिय सहभागी भई छोटो समयमै मादल बजाउन सक्षम भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नभयो । तालिम समापनसत्रको अवसरमा सिङ्गाको विभिन्न टोल विकास संस्थाहरुलाई वडा कार्यालयको तर्फदेखि एकएक वटा मादल उपलब्ध गराइएको छ । सिङ्गाका वडाध्यक्ष खड्काको अध्यक्षता र सामुदायिक परिचालक सीता थापा कुँवरको सञ्चालनमा सम्पन्न तालिमको समापत्रसत्रमा सहभागी शान्ता पौडेलले अनुभव सुनाउनुभएको थियो । मादल नेपाली समाजको मौलिक राष्ट्रिय बाजा मानिन्छ भने छ सयवर्ष पहिलेदेखि मादल बजाउने गरिएको इतिहास रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २३:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP