शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै राष्ट्रिय महिला आयोग
हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै राष्ट्रिय महिला आयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ९, २०८१
IMG_6098
म्याग्दी । महिला, बालबालिका तथा किशोरीमाथि भैरहेका लैङ्गिक, घरेलु, यौनजन्य र सामाजिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन थालिएको छ । समाजमा महिला, बालबालिका तथा किशोरीमाथि हुने विभिन्न प्रकृतिका घटनाहरुको न्यूनीकरण गर्नका लागि हिंसाविरुद्ध अभियान सञ्चालन गरिएको हो । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवाहरुसँग अन्तत्र्रिmया र छलफल गरिएको छ । राष्ट्रिय महिला आयोगको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा जिल्लास्थित सरोकारवाला निकायको उपस्थितिमा महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन अन्तत्र्रिmया सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले हिंसा निवारणको लागि व्यक्तिको आनीबानी, आचरण, व्यवहार र कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीलगायत विभिन्न कारणले गर्दा समाजमा लैङ्गिक तथा महिला हिंसाका घटनाहरु बढिरहेको बताउँदै यसको समाधान गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सकारात्मक सोचको विकासका साथै हिंसा न्यूनीकरणमा प्रभावकारी काम गर्नुपर्ने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले स्थानीय तहमार्फत गाउँ, वस्ती र टोलटोलमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालनसहित न्यायिक समितिलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले समुदायमा अझै पनि पितृसत्तात्मक सोच कायमै रहेकाले यसको न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । बेनी अस्पताल म्याग्दीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्जु थापाले अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)लाई प्रभावकारी बनाइने बताउनुभयो । कार्यक्रममा स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले संविधानमा महिलाको हक, अधिकारको व्यवस्था भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको हुँदा सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम आयोगका सदस्य खतिवडाको अध्यक्षता र उपसचिव सीता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा उठेका जिज्ञासा तथा सवालहरुको सदस्य खतिवडाले सम्बोधन गर्नुभएको थियो । महिला हिंसा न्यूनीकरणमा युवा पुस्ताको सहभागिता वृद्धि गर्नका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले म्याग्दीमा कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय महिला आयोगले जनाएको छ । कार्यक्रममा राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार तथा आयोगले के, कसरी काम गरिरहेको छ भन्ने सवालमा पनि जानकारी गराइएको थियो । कार्यक्रमका सहभागीहरुले महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन यस्तो खालको कार्यक्रम जिल्लाको अन्य स्थानीय तहहरुमा पनि सञ्चालन गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय महिला आयोगले देशैभर विभिन्न जिल्लाहरुमा पुगेर महिला हिंसा निवारण सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । व्यक्तिको मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न, हिंसाको रोकथाम तथा अन्त्य गर्न प्रभावशाली उपायहरु अबलम्बन गर्नु राज्यको दायित्वभित्र पर्दछ । नेपालमा विभिन्न कारणले महिला हिंसा भैरहेकाले न्यूनीकरणमा ध्यान दिनु आवश्यक छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP