शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित
स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ १६, २०८१
shibir-singa
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा मंगलवार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट साढे चार सय जना लाभान्वित बनेका छन् । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ४५७ जनाले स्वास्थ्य परिक्षण र उपचार सेवा लिएका छन् । शिविरमा दुई सय जना बढीको रगत एवम पिसाब परिक्षण समेत गरिएको नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाका सभापति सुमन बानियाँले जानकारी दिनुभयो । शिविरमा वडा नम्बर ४ सिंगाका सबै गाउँबस्ती संगै छिमेकी वडाका सर्वसाधारणले समेत लाभ लिएको उहाँले बताउनुभयो । शिविरमा, नसा, हाडजोर्नी , महिला सम्वन्धी समस्या भएका विरामीहरु धेरै भेटिएका छन् । शिविरमा पेट, छाती, मुटु, मधुमेह तथा थाइराईड, स्त्री तथा प्रसूती रोग, हाड, जोर्नी, नशा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो । त्यसैगरि शिविरमा जनरल तथा ल्याप्रोस्कोपीक सेवा , रगतमा हुने खराब बोसो, युरिक एसिड सम्बन्धी रक्त एवं पिसाब परीक्षण सेवाका साथै निशूल्क औषधी वितरण समेत गरिएको आयोजकले जनाएको छ । शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर कृष्णराज अधिकारी, डाक्टर सरोजचन्द्र दाहाल , डाक्टर विराट शर्मा, डाक्टर राज गुरुङ, बेनी अस्पतालका डाक्टर अन्जु थापा, डाक्टर रामु सापकोटा सहित ३५ जना स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको स्वास्थ्य परिक्षण तथा औषधी वितरण सेवा प्रदान गर्नुभएको थियो । घरदैलोमा शिविर आयोजना भएपछि लुकेर रहेका स्वास्थ्य समस्याहरुको पहिचान र समस्यमै उपचार गराउने र स्वास्थ्यलाभ गर्ने अवसर मिलेको बेनी नगरपालिकाका –४, का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।शिविरको समापन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले गाउँघरमा लुकेका स्वास्थ्य समस्याको पहिचान गर्न शिविरले सघाउ पु¥याएको बताउँदै शिविर आयोजना र सञ्चालनमा सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । शिविरको उद्घाटन कार्यक्रममा रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति अमर बानियाँ, कोषाध्यक्ष नवराज शर्मा, दर्शन फाउण्डेसनका अध्यक्ष प्रितमसेन ठकुरी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका अध्यक्ष ठाकुर प्रसाद पन्त लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP