शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘लिङ्गो जुधाउने’ प्रतियोगितामा गैरीगाउँ विजयी (फोटो फिचर)
‘लिङ्गो जुधाउने’ प्रतियोगितामा गैरीगाउँ विजयी (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ १६, २०८१
12
दग्नाम ।  म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम  स्थित भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा गैरी गाउँ बिजय भएको छ । मंगलवार दग्नामका गैरीगाउँ र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको हो । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भूमे पुजाको अवसरमा यस गाउँमा सयौँ बर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न भएको एकता क्लवका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । ‘‘यो संस्कृति पुर्खादेखि नै चल्दै आएको छ, हरेक बर्ष भूमे पुजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’’ उहाँले भन्नुभयो । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएका अग्ला बाँसको लिङ्गो बोकेर गाउँको शिरमा रहेको मुल्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए । पुर्ख्यौली नाच, साईलो भाका र पञ्चेवाजा सहितको उत्सवका विच मंगलवार विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिंगारिएका लिङ्गाहरुलाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ । दग्नामको भूमे पुजालाई लिङ्गो जुधाइले साँस्कृतिक उत्सव बनाउने गरेको वडा अध्यक्ष पबिन गर्बुजाले बताउनुभयो । ‘‘भुमे पुजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरि मनाउँदै आएका छौँ, यसमा लिङ्गो जुधाई सबैको लागि रुचि र चासोको बिषय बन्ने गरेको छ, दुई गाउँबिचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सदभाव बढाउन सहयोगी बन्ने गरेको छ’’ उहाँले भन्नुभयो । स्थानीयले लिङ्गो जुधाईलाई करिब ३०० सय बर्ष पुरानो संस्कृति मान्ने गरेका छन् । भूमे पुजामा लिङ्गो जुधाई हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामबासीहरु गृहगाउँ फर्कने गर्छन भने छिमेकी गाउँबाट समेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन ।भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि देउराली, भारा र खोला मण्डली लगायत पाँच देवताको पुजाआजा गर्ने गर्दछन् । खासगरी खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस भन्ने कामना सहित भूमे देवताको पुजा गरिन्छ ।  
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP