शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगलाका महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम (तस्बिर)
मंगलाका महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम (तस्बिर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १७, २०८१
IMG_6268
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रमअन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन तालिम प्रदान गरिएको हो । मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा एक हप्ता लामो व्यावसायिक बाख्रापालन तालिम सञ्चालन गरिएको थियो । तालिम दिएर व्यवसाय सञ्चालन गर्न लगाउने र उनीहरुलाई पेशा तथा व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले एकल, अपाङ्गता र विपन्न वर्गका महिलाहरुलाई समेटेर बाख्रापालन तालिम दिइएको मिलन म्याग्दीले जनाएको छ । तालिममा बाख्राको जात, खोर तथा आहार व्यवस्थापन, प्रजनन् क्षमता, घाँस खेती, रोग तथा उपचार, जोखिम न्यूनीकरणलगायत विविध विषयहरुमा सहजीकरण गरिएको थियो । तालिमको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, सामाजिक तथा क्षमता विकास अधिकृत राजेन्द्र आचार्य, पशु विकास अधिकृत डा. अनिशा गौतम, पशु स्वास्थ्य प्राविधिक बिराजकुमार ठाकुर, महिला तथा बालबालिका शाखा प्रमुख अनिताकुमारी शर्मा, उद्यम विकास सहजकर्ता शान्ता विक र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले सहजीकरण गर्नुभएको थियो ।   तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तालिम लिएर व्यवसाय सञ्चालन गरी आर्थिक उपार्जन गर्नसके तालिमको साथर्कता हुने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिँदै नयाँ सोच र चिन्तनसहित बाख्रापालन व्यवसाय सुरु गरी व्यावसायिक बन्न सहभागी महिलाहरुलाई सुझाव दिनुभयो । मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन व्यावसायिक तालिम सञ्चालन गरिएको बताउँदै तालिमलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । मिलन म्याग्दीका कार्यसमिति सदस्य मोहन बानियाँले संस्थामार्फत स्थानीय पालिकाहरुको समन्वयमा क्षमता अभिवृद्धि तथा विभिन्न सीपमूलक तालिम र कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । तालिमको अवसरमा हिरादेवी सापकोटाको अध्यक्षतामा व्यावसायिक बाख्रापालन समूह पनि गठन गरिएको छ । बुधवार औपचारिक रुपमा सकिएको तालिमको समापनसत्र गाउँपालिकाका अध्यक्ष क्षत्रीको अध्यक्षता र मिलन म्याग्दीका कार्यसमिति सदस्य चन्द्रकला बानियाँ केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने सुनिता राम्जाली थजालीले अनुभव सुनाउनुभएको थियो । तालिममा मंगला गाउँपालिकाको पाँचवटै वडाबाट २५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP