शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली र महिलातर्फ धादिङलाई(तस्बिरहरु)
प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली र महिलातर्फ धादिङलाई(तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १७, २०८१
IMG_9428
बेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली गाउँपालिका र महिलातर्फ धादिङ स्पोर्ट्स क्लबले हात पारेको छ । सदरमुकाम बेनीमा बिहिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकालाई पराजित गर्दै बौदिकाली गाउँपालिकाले उपाधि जित्न सफल भयो । भने मालिका स्पोर्ट्स क्लबलाई पराजित गर्दै धादिङ स्पोर्ट्स क्लबले खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जित्यो । फाइनल खेलमा बौदीकालीले गलकोट नगरपालिकालाई ३–२ सेटमा पराजित ग¥यो ।पुरुष भलिबलको पहिलो सेट गलकाेट नगरपालिका बागलुङले १५ को विरुद्ध २५ ले विजयी भएको थियो । यसैगरी दोस्रो र तेस्रो सेट बौदीकाली गाउँपालिका नवलपुर २५–१५ र २५–२३ ले विजयी भएको थियो भने चौथो गलकाेट नगरपालिका २२ का विरुद्ध २५ र अन्तिम तथा पाँचौं सेटमा बौदीकालीले १३ को विरुद्ध १५ अङ्क ल्याएर गलकाेटलाई हराउँदै उपाधि जितेको हो । पुरुषतर्फ म्याग्दीको बेनी नगरपालिका तेस्रो र रघुगंगा गाउँपालिकाले सान्तवनामा चित्त बुझाए ।विजेता बौदीकाली गाउँपालिकाले ट्रफी, मेडल, प्रमाणपत्र सहित दुई लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ । ट्रफी, मेडल, प्रमाणपत्र सहित द्धितिय भएको गलकोटले एक लाख बीस हजार ,तृतिय र सान्त्वना टिमले ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष बिजय घर्तीले बताउनुभयो । महिलातर्फको फाइनलमा मालिका लाई ३–० को सोझो सेटमा पराजित गर्दै धादिङले उपाधि उचालेको हो। धादिङले २५–२१, २५–२२ र २९–२७ ले सेट जितेको थियो । धादिङले सेमिफाइनलमा म्याग्दी भलिबल टिमलाई र मालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। उपाधिसँगै धादिङले ८० हजार रुपैयाँ प्राप्त ग¥यो। उपविजेता मालिकाले ४० हजारमा चित्त बुझायो। तेस्रो स्थानका लागि भएको खेलमा भने बागलुङले म्याग्दीलाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा ग¥यो। बागलुङले २० हजार र सान्त्वना बनेको म्याग्दीले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। परुषतर्फ १३ तीम र महिलातर्फ ६ टिमले सहभागिता जनाएका थिए ।पुरुषतर्फ उत्कृष्ट बनेका बौदिकालीका हिमाल सुनारीले नगद ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । धादिङकी टिम कप्तान गंगा गुरुङले महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुँदै पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र हात पार्नुभयाे  । राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।४ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुदै एमालेका स्थायी कमिटि सदस्य खगराज अधिकारीले खेलकुद विकासका लागि प्रशिक्षण र पूर्वाधारमा जोड दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २१:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP