शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाममा खेलमैदान , फाईबर बोर्ड र स्टेज उद्घाटन (तस्बिरहरु)
दग्नाममा खेलमैदान , फाईबर बोर्ड र स्टेज उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ १८, २०८१
IMG_9655
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा एकता युवा क्लबको नवनिर्मित खेलमैदान, बास्केटबलकाे फाईबर बोर्ड,प्याराफिट र स्टेज उद्घाटन गरिएको छ । युवा क्लबको आयोजनामा सञ्चालित भुमे पुजा मेलाको अवसरमा शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार  थापाले  उद्घाटन गर्नुभयो । सांसद गर्बुजाले भुमेपुजा मेलाले परम्परागत संस्कृति र खेलकुद क्षेत्रको प्रवद्र्धन , खेलप्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । भुमेपुजाको लिङ्गो जुधाइ प्रतियोगिता पराम्परागत संस्कृती मात्र नभई गाउँको पहिचान भएकाे बताउनुभयो । कांग्रेस म्याग्दीका सभापती समेत रहनुभएका   सांसद गर्बुजाले दग्नाम– दर्मिजा- चिमखोला र कुइँनेमंगले सडक मर्मत र स्तरोन्नती गर्न बजेट विनियोजनका लागि पहल भइरहेको बताउनुभयो । ‘ सडक स्तरोन्नतीलाई प्राथमिकता दिएर पहल गरिरहेको छु,  उहाँले भन्नुभयो । यसैगरी दर्मिजा तातोपानीलाई व्यवस्थित बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मेला पर्वले एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्ने ,खेल प्रतिभाको पहिचान ,संस्कृतिको जगेर्ना र प्रवद्र्धन गर्नमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले गाउँ–गाउँमा सञ्चालन हुने मेला पर्वलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । क्लब अध्यक्ष मनोज तिलिजाका अनुसार ,गण्डकी प्रदेश सरकारबाट विनियोजित १५ लाख रुपैयाँ बजेटमा खेलमैदान निर्माण गरिएको हो । भने तुण्डी हाइड्रो पावर कम्पनीले १४ लाख रुपैयाँ बजेटमा स्टेज निर्माण गरिएको हो । गाउँपालिकाबाट विनियोजित ११ लाख रुपैयाँमा प्याराफिट निर्माण सहित घेराबार गरिएको छ । भने दग्नाम जन्मघर भई हाल भारतीय सेनामा कार्यरत र अवकाश प्राप्त भुपु सैनिकहरुबाट संकलित रकमबाट फाईबर बोर्ड निर्माण गरिएको छ । क्लबका पुर्व अध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी ,भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ,नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाईका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका बताउनुभयो । एक साता सम्म सञ्चालन हुने मेलामा विविध सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरु आयोजना गरिएको क्बल सचिव कृष्ण गर्बुजाले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजा ,वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जा ,दग्नाम–दर्मिजा समाज पोखराका उपाध्यक्ष खेमलाल गर्बुजा लगायतले बोल्नुभएको थियो । कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।क्लबले जग्गादाता र चन्दादाताहरुलाई सम्मान गरेको थियो । भुमेपुजाका अवसरमा दर्मिजामा समेत विहिबारदेखि मेला सुरु भएको छ ।  
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २३:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP