शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २१, २०८१
maorish harjog-annapurna first
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने भएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधारशिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्दछ । नारच्याङका स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर हर्जोगको सालिक बनाएका हुन् । तामा र पित्तलबाट निर्मित ४० केजी तौल रहेको सालिक बनाउन तीन लाख २५ हजार रुपियाँ खर्च भएको छ । काठमाडौँदेखि आधारशिविर सम्मको ढुवानी र सालिक राख्न निर्माण गरिने संरचना लगायतको खर्च हिसाब गर्दा करिब ६ लाख रुपियाँ खर्च हुने मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो ।अन्नपूर्ण दिवसका अवसरमा सोमबार पोखरामा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सालिकको अनावरण गर्नुभएको हो । उक्त सालिक अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड तालदेखि माथि चार हजार एकसय ९० मिटरको उचाइमा रहेको आधारशिविरमा राखिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । फ्रान्सका हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउनुभएका कारणले उहाँको सालिक निर्माण गरेर अधारशिविरमा राख्न लागिएको मौरिस हर्जोग पदमार्ग अभियन्ता तथा नारच्याङका पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘अन्नपूर्ण प्रथमको सफल आरोहण भएको क्षेत्र नै उत्तरी आधार शिविर हो । मौरिस हर्जोगले यही आधार शिविरबाट अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगको सम्मान गर्न र विश्वभर सकारात्मक सन्देश प्रवाह गर्न हामीले आधारशिविरमा सालिक राख्न लागेका हौँ ।’’ पाँचदिन भित्रमा आधारशिविरमा सालिक राखिने उहाँले जानकारी दिनुभयो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । आजको दिन विभिन्न कार्यक्रमहरू आयोजना गरेर अन्नपूर्ण दिवस मनाइएको छ । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै अन्नपूर्ण गाउँपालिकाले मौरिस हर्जोग पदमार्ग निर्माण गरेको छ । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा सुन्दर पञ्चकुण्ड ताल रहेको छ । यो हिमताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ । ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ । वरिपरि सुन्दर हिमशृङ्खलाको दृश्य र तालले यहाँ पुग्ने पर्यटकलाई आनन्द महसुस गराउँछ । मौरिस हर्जोग पदमार्गको नारच्याङ स्थित हुमखोलाबाट करिब ७ घण्टाको पैदल यात्रापछि तालमा पुग्न सकिन्छ । पाँचवटा साना साना तालहरू मिलेर बनेकाले यो ताललाई स्थानीयहरूले पञ्चकुण्ड ताल भनेर नामकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्त्व छ ।नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटरमा पदमार्ग तयार भएको छ । दुई दिनको पैदल यात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुन थालेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २२:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP