शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ २५, २०८१
FB_IMG_1717740477280
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । विहिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,जिल्ला स्थित सरकारी कार्यालका प्रमुख एवम् प्रतिनिधि र नगरवासीहरुले नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका वारेमा राय सुझाव दिएका थिए । कार्यक्रमका सहभागीहरुले नगरपालिकाले नीति,कार्यक्रम र बजेट बनाउँदा मानविय विकासमा जोड,कृषि उत्पादनमा आधारित अनुदान,पर्यटन प्रवद्र्धनमुलक कार्यक्रम,तातोपानी र गलेश्वर धामलाई थप व्यवस्थित रुपमा संचालन गरेर नगरको आन्तरिक आम्दानी वृद्धि गर्नुपर्ने सुझाव दिएका थिए । साथै सहभागीहरुले घरभाडा करलाई व्यवस्थित गर्नुपर्ने,करको दायरालाई फराकिलो बनाउनुपर्ने,बेनीमा पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।नगरपालिका रिङरोड,नगरपालिका शिक्षा योजना,रावण पार्क,फोहोर व्यवस्थापन लगायतका क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर योजना तथा बजेट बनाउन सहभागिहरुको सुझाव थियो । कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले सिमित स्रोतसाधनलाई अधिकतम रुपमा परिचालन गरेर नगरवासीहरुको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी नीति तथा कार्यक्रम बनाउन सुझाव दिनुभयो । बढ्दो बसाईसराईलाई रोक्न र गाउँमा रोजगारी सिर्जन गर्ने खालको नीति तथा कार्यक्रम आवश्यक रहेको उहाँको भनाई थियो । नगरवासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नेगरी आगामी योजना तथा कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनुपर्ने सरोकारवालाहरुको सुझाव थियो ।कार्यक्रममा नेकपा एमाले बेनी नगर कमिटिका अध्यक्ष बेलबहादुर कटुवाल,पूर्व नगरप्रमुख हरिकुमार श्रेष्ठ,जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल,पूर्व वडाध्यक्षहरु बेलबहादुर कटुवाल,राजेन्द्रकुमार श्रेष्ठ,गोविन्दप्रसाद पौडेल,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल,पत्रकार घनश्याम खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले राय सुझाव दिनुभएको थियो । नगरवासीहरुबाट प्राप्त भएका सुझावहरुलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । सिमित स्रोतसाधनलाई उच्चतम परिचालन गरी नगरवासीको आकांक्षालाई पुरा गर्नेगरी नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने विश्वास दिलाउनुभयो । नगरप्रमुख सुरत केसीले नगरवासीहरुबाट राय सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको वताउनुहुँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा प्राप्त भएका सकरात्मक सुझावहरुलाई समाबेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जनप्रतिनिधिलाई मार्गदर्शन हुनेगरी विभिन्न माध्यमहरुबाट सुझावहरु प्राप्त भएका छन् । प्राप्त भएका सुझावहरुलाई अध्ययन गरेर आगमी नीति तथा कार्यक्रममा समावेश गर्दछौं ।’’ प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले सरोकारवालाहरुको रचनात्मक सल्लाह, सुझावले नगरपालिकाको विकास निर्माण देखि सेवा प्रवाहमा सुधार ल्याउन सकिने बताउनुभयो । नगरवासीको चाहना र आकांक्षालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु,सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,पत्रकार,संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका प्रशासकीय अधिकृत युवराज थापाले गर्नुभएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP