शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण 
बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ २५, २०८१
IMG_6636
राम्चे । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई बिहीबार अभिमुखीकरण भएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण गर्नुका साथै प्रतिबद्धता जाहेर गरिएको वडाले जनाएको छ । अन्नपूर्ण–८, राम्चेको देउराली आधारभूत विद्यालयमा आयोजित कार्यक्रमको वडा अध्यक्ष खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन तथा प्रतिबद्धता जाहेर गर्दै वडाध्यक्ष गर्बुजाले सबै सरोकारवाला निकायको सहयोगमा वडालाई तोकिएको समय अवधिभित्रै बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने बताउनुभयो । उहाँले अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता जनाइसकिएको हुँदा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीय सरोकारवाला सबैले प्रतिबद्धताअनुसार आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक अबिर गर्बुजाले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँदै घोषणाका लागि मात्रै कार्यक्रम गर्न नहुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता पुनको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको कार्यसमिति सदस्य मोहन बानियाँले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सदस्य एवं प्रमुख प्रशिक्षक साहिल अन्सारीले बालअधिकार, बाल अधिकारका सिद्धान्त, संवैधानिक व्यवस्था र बालमैत्री स्थानीय शासनका सूचकहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सामाजिक विकास कार्यालयका लेखा प्रमुख भविलाल शर्माले बालमैत्री स्थानीय शासन घोषणा गर्दा स्थानीय तह, संघसंस्था, अभिभावक र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो । साथै उहाँले सामाजिक विकास कार्यालयबाट प्रवाह हुने नीति, कार्यक्रम र योजनाको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
स्थानीय तह तथा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बाल अधिकारका चार आयामहरुका विभिन्न ५१ वटा सूचकहरुको सर्वेक्षण गरी अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ राम्चेले बालमैत्री स्थानीय शासन स्थितिपत्र–२०८० प्रकाशन गरेको छ । सो स्थितिपत्रअनुसार अधिकांश सूचकहरु पूरा भएको र पूरा नभएका सूचकहरु पूरा गरी २०८२ सालको चैत मसान्तभित्र वडा र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यक्रममा वडाबाट आवश्यक सहयोग गर्ने र गराउने कार्यमा गाउँपालिकाबाट जारी नीति, नियम तथा आचारसंहिताप्रति सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिका–२, ७ र ८ नम्बर वडाभित्र सञ्चालित माध्यमिक तथा आधारभूत विद्यालयहरुमा बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रम सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । यस कार्यमा सम्बन्धित वडाका जनप्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल सञ्जाल, शिक्षकहरु, विद्यार्थीलगायत अन्य सरोकारवालाको सहभागिता रहने व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP