शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाली सेनाको दरबाङमा सम्पन्न बृहत एकीकृत स्वास्थ्य शिविरमा साढे ६ सय बढी लाभान्वित (तस्बिहरु)
नेपाली सेनाको दरबाङमा सम्पन्न बृहत एकीकृत स्वास्थ्य शिविरमा साढे ६ सय बढी लाभान्वित (तस्बिहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ २६, २०८१
IMG_6988
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिवार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा एकीकृत बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा सञ्चालित शिविरबाट साढे ६ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने उद्देश्यले स्थानीयको माग र आवश्यकताको आधारमा आयोजित शिविरमा कुल ६ सय ६० जना स्थानीयवासी प्रत्यक्ष रुपमा लाभान्वित भएको नेपाली सेनाले जनाएको छ । शिविरको मेडिकलतर्फ महिला, पुरुष र बालबालिकासहित ४ सय ७ जना र आयुर्वेद स्वास्थ्यतर्फ १ सय ४३ जना लाभान्वित भएका छन् । यसैगरी शिविरमा भेटेरिनरीतर्फ ८६ र कृषि सम्बन्धी २४ जना स्थानीय कृषकहरुले सेवा लिएका छन् । बृहत एकीकृत स्वास्थ्य शिविरमा स्थानीयवासिन्दाको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श सेवा र निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । शिविरको अवसरमा जिल्लास्थित विभिन्न विषयगत कार्यालयहरुबाट स्थानीयवासीलाई लक्षित गरेर आयुर्वेद, भेटेरिनरी, कृषि सम्बन्धी सेवा तथा परामर्श, जैविक विषादी र नियन्त्रणका उपायलगायत बारेमा जानकारी गराइएको छ ।शनिवार दिनभर सञ्चालन भएको शिविरमा मेडिकलतर्फ जनरल ओपिडी, हार्डजोर्नी, मनोरोग, दन्तसेवा, आँखा परीक्षण, ल्याव, युएसजीलगायत सेवाहरु उपलब्ध गराइएको थियो । जनरल ओपिडीतर्फ ग्याँस्ट्रिक, सुगर, प्रेसर, छाला तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीहरु भेटिएको हुँदा उपचार तथा परामर्श सेवा दिएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले बताउनुभयो । उक्त शिविरमा सैनिक अस्पताल पोखरा, धौलागिरि अञ्चल अस्पताल बागलुङ र बेनी अस्पताल म्याग्दीबाट गरी कुल २५ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचार सेवा प्रदान गरेका थिए । शिविरको उद्घाटन गर्दै पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको जनहित कार्य सञ्चालन निर्देशिका–२०७७ अन्तर्गत विभिन्न दुर्गम स्थानमा माग र आवश्यकताअनुसार विपन्न, सिमान्तकृत र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको जानकारी दिनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकावासीको स्वास्थ्यलाई लक्षित गरेर विभिन्न प्रयत्नहरु गरिएको बताउँदै यसवर्ष दलित, एकल महिला र विपन्न समुदायलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली सेनाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरले स्थानीयवासीको स्वास्थ्य अवस्था सुधारमा सहयोग पु¥याउने बताउनुभयो ।कार्यक्रमको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग पु¥याउने जिल्लास्थित विभिन्न संघसंस्था र कार्यालयहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । शिविरको औपचारिक कार्यक्रम शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका उपसेनानी पुस्करसिंह ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो भने श्री नं २३ बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २१:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP