शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन (तस्बिरहरु)
मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २७, २०८१
IMG_9986
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँट स्थित मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा ,गाउँपालिका , प्रदेश सकार,चन्दा सहयोग र श्रमदानबाट निर्माण भएको उक्त भवनको शनिबार आयोजित एक कार्यक्रमका विच मगर समाजका संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक सुवेदार दलबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको मौवाफाँट मगर समाज अध्यक्ष यामकुमारी गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार, भवन निर्माणमा २५ लाख ९ हजार ४४९ व्यक्तिगत चन्दा संकलन गरिएको र मौवाफाँटमा रहेका २३ घरधुरी मगर समुदायले ४ लाख ६९ हजार तीन सय रुपैयाँ बराबराको श्रमदान गरेका थिए । उहाँले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । विक्रम संवत् २०७७ देखि निर्माण थालिएको हो । मुख्य सडकदेखि करिब सात सय मिटर पहुँचमार्ग सडक समेत निर्माण गरिएको छ । एक रोपनी ९ आना जग्गा खरिद गरेर निर्माण गरिएको भवनमा करिब तीन सय ५० जना क्षमताको सभाहल,परिसरमा शौचालय ,खेलमैदान रखानेपानीको व्यवस्था गरिएको छ । भवन निर्माणमा रघुगंगा गाउँपालिकाको १० लाख रुपैयाँ, वडा कार्यालय मार्फत १ लाख रुपैयाँ, तत्कालिन प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा गण्डकी प्रदेश सरकारबाट ८ लाख रुपैयाँ बजेट उपलब्ध भएको समाजका निवर्तमान अध्यक्ष मेखबहादुर गर्वुजाले जानकारी दिनुभयो । भवन निर्माण भएपछि सभा, समारोह, तालिम, बैठक, भेला, प्रशिक्षण लगायतका कार्यक्रम संगै विवाह, वर्तबन्ध लगायतका संस्कारजन्य कार्यक्रहरु गर्न समेत सहज हुने मौवाफाँट मगर समाजका कोषाध्यक्ष थम बुद्धुजाले बताउनुभयो । वि.स. २०५३ सालदेखि समाजको अवधारण अनुसार मगर समदायको एकता र सदभाव बढाउन समाजले भूमिका खेलेको बताउँदै भवन निर्माण भएसंगै समाजको संस्थागत विकासमा फड्को मारेको उहाँले बताउनुभयो । कार्यक्रमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगर, रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा,  मगर स‌ंघ रघुगंगा अध्यक्ष राेशन शेरपुञ्जा मगर  , अग्रज लोक गायिका धनकुमारी थापा लगायतले मगर समाजको भवनले सार्वजनिक र संस्कारजन्य गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताउँदै मगर समुदायको भाषा, भेषभुषा र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । मौवाफाँट मगर समाज अध्यक्ष यामकुमारी गर्वुजाको अध्यक्षता, उपाध्यक्ष चन्द्र शेरपुञ्जाको स्वागत र कोषाध्यक्ष थम बुद्धुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP