शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट (तस्बिरहरु)
जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ६, २०८१
IMG_0242
बेनी । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा गाउँपालिका गाउँसभाकाे १७ औं गाउँ  अधिवेशनमा  गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँपालिका उपाध्यक्ष आचार्यद्वारा गाउँसभामा प्रस्तुत पचास करोड ४ लाख १३ हजारको बजेट पारित भएको हो । उपाध्यक्ष आचार्यले संघीय, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमानित रकमलाई आधार बनाएर बजेट सार्वजनिक गर्नुभएको हो । यसैगरी ,अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको जलजला गाउँपालिका आर्थिक विद्येयक २०८१,जलजला गाउँपालिका विनियोजन विद्येयक २०८१,सुशासन समिति गठन तथा सञ्चालन विद्येयक २०८१ र समिति गठन तथा सञ्चालन विद्येयक २०८१ सर्वसम्मत रुपमा पारित भएको छ । गाउँपालिकाका अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्षले बजेट प्रस्तुत गर्नुभएको थियो ।संघीय सरकारको समानिकरण अनुदान ९ करोड ३८ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ३२ लाख रुपैयाँ , संघीय सरकार सशर्त अनुदान २४ करोड ४ लाख तीन हजार रुपैयाँ र समपुरक अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ अनुमानित आय रहेको छ । र,गण्डकी प्रदेश सरकार समानिकरण अनुदानतर्फ एक करोड १८ लाख २६ हजार रुपैयाँ,राजश्व बाँडफाँडतर्फ ६४ लाख ४६ हजार रुपैयाँ ,समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ,विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ रहेको छ । जलजलाले ४ करोड २ लाख ३८ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको चालुतर्फ ७२.४ र पुँजीगततर्फ ५८ं.३८ प्रतिशत तथा समग्रमा ६८.४२ प्रतिशत बजेट खर्च गरेको हो । आगामी वर्ष प्रशासनिक शिर्षकमा ९ करोड पचास लाख रुपैयाँ बिनियोजन भएको छ । पुँजिगत शिर्षकमा सबैभन्दा धेरै गण्डकी गोपाल गौशालालाई २ करोड ९० लाख रुपैयाँ, लस्ती बास्बोट गौशाला सडकलाई १ करोड, शितभण्डार निर्माण तथा व्यवस्थापनका लागि १ करोड रुपैयाँ , कर्मचारी आवास, स्टोर र भैपरी बिबिध शिर्षकमा १ करोड ५० लाख रुपैयाँ, बेनी- भुर्तुला सडकलाई ३० लाख रुपैयाँ, सल्यान अम्लाए नाथिमारे सडकलाई २२ लाख रुपैयाँ बिनियोजन भएको छ । युवा तथा खेलकुदमा १ कराेड ४२ लाख  तीस हजार रुपैयाँ, वडा विकास कार्यक्रमलाई ५२ लाख, स्वास्थ्यलाई ४६ लाख ३० हजार, पशु सेवामा ४० लाख, कृषि तथा सहकारीमा ६२ लाख, २५ हजार, चिस्यानगृह निर्माण तथा सञ्चालन गर्न  ६० लाख बिनियोजन भएको छ ।९ वटा वडा कार्यालयहरुले सिफारिस गरेका योजनाहरुका लागि ४ करोड ७० लाख बिनियोजन भएको छ ।गाउँपालिका अध्यक्ष आचार्यले विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक, सिँचाई, भवन,लघुउद्यम, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउनुभयो । गाउँसभाको अवसरमा जलजला गाउँपालिकाको लोगो पनि सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आगामी आर्थिक बर्षको सुरुवातदेखि नै सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने बताउनुभयो।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ००:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP