शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाले ल्यायो ४७ करोड ७४ लाखको बजेट
मालिका गाउँपालिकाले ल्यायो ४७ करोड ७४ लाखको बजेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार ८, २०८१
IMG_0349
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न गाउँसभाकाे  १५ औं अधिवेशनमा  गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरपुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको छ । उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरपुनले आव २०८१/०८२ का लागि चालुतर्फ ३१ करोड पाँच लाख ५५ हजार र पुँजीगततर्फ १६ करोड ६८ लाख ८५ हजार रुपैयाँ गरी कुल ४७ करोड ७४ लाख ४० हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । संघीय सरकार समानीकरण अनुदानतर्फ ८ करोड ४१ लाख रुपैयाँ,संघीय सरकार सशर्त अनुदान (चालुतर्फ) १९ करोड ११ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँडतर्फ ९ करोड ,संघीय सरकार सशर्त अनुदान (पुँजीगततर्फ) एक करोड पचास लाख,संघीय सरकार विशेष अनुदान (पुँजीगत) एक करोड ४५ लाख रुपैयाँ,संघीय सरकार समपुरक अनुदान २ करोड ,गण्डकी प्रदेश सरकार समानीकराण अनुदातर्फ एक करोड ५ लाख ३५ हजार ,गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ ५७ लाख पाँच हजार ,गण्डकी प्रदेश सरकार विशेष अनुदानतर्फ चालिस लाख रुपैयाँ,गण्डकी प्रदेश सरकार समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ ,गाउँपालिकाको आन्तरिक आयतर्फ एक करोड र अनुमानित संचित कोष अल्या हुने रकम चार करोड रुपैयाँ अनुमानित आय रहेको छ । मगर समुदायको बाहुल्य रहेको गाउँपालिकाले आगामी आवमा स्थानीय मदिरा (लोकल रक्सी) लाई ब्रान्डिङ गर्न १४ लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्षले जानकारी दिनुभयो ।गाउँपालिकाले विपद् व्यवस्थापन,कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर पुर्वाधार निर्माण ,सडक,अधुरा योजनालाई पुर्णता दिन बजेट विनियोजन गरेको छ । गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले सभामा प्रस्तु गर्नुभएको मालिका गाउँपालिको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी विद्येयक २०८१,गाउँपालिकाकी उपाध्यक्ष घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०८१,न्यायीक समितिको २०८०/०८१ को प्रतिवेदन छलफलपछि पारित भएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP