शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक
अन्नपूर्ण गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ९, २०८१
Annapurna-gaunsava-2081-4
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको बजेट बक्तव्यमा चालु तर्फ रु ३४ करोड ८५ लाख ५ हजार र पुजिगत तर्फ रु १८ करोड ३९ लाख ३८ हजार विनियोजन गरिएको छ । बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान रु ७ करोड ४७ लाख, राजश्व बाँडफाँडको रु ८ करोड ८५ लाख, शशर्त अनुदान रु २१ करोड १६ लाख १७ हजार, गण्डकी प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान रु ८७ लाख १२ हजार, विशेष अनुदान रु ४० लाख, समपूरक अनुदान रु ६० लाख, सवारी कर बाँडफाँडबाट प्राप्त हुने रु १ करोड १ लाख ६३ हजार लाई समावेश गरिएको छ ।त्यसैगरि आन्तरिक राजश्वबाट प्राप्त हुने रु १ करोड ७२ लाख ५० हजार र अल्या तर्फको अनुमानित रु ७ करोड रकमलाई समेत समावेश गरेर आगामी बर्षको लागि बजेट प्रस्ताब गरिएको छ । गाउँपालिकाले एक वडा एक गौरवको योजना छनौट गरेर पूर्वाधार निर्माण तर्फको योजनामा बजेट विनियोजन गरेको छ । अन्नपूर्ण ६ को धिरच्याङमा गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण गर्न रु २ करोड ५० लाख र जग्गा खरिदका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासको क्षेत्रमा रु १३ करोड ५७ लाख १८ हजार बजेट विनियोजन गरेको गाउँपालिकाले यातायात पूर्वाधार निर्माणमा रु २ करोड ४१ लाख ५० हजार, अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न रु १ करोड, फोहोरमैला केन्द्र बनाउन रु ५० लाख, गाउँपालिकाले आइसिटी फर फ्राइडे कार्यक्रम सहित शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पशुपालन, पर्यटन, लघुउद्यम, पूर्वाधार निर्माण योजनाको लागि प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष भारत कुमार पुनले ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दिगो कृषि, पर्यटन, उर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारा सहितको आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाले ठूला पूर्वाधार निर्माण योजनामा वातावरणीय अध्ययनलाई अनिवार्य गर्ने नीति लिएको छ । क्लीन अन्नपूर्ण, क्लीन स्कुल अभियान चलाउने नीति लिएको यस गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार, आधुनिक सूचना प्रविधिको प्रयोग र व्यवहारिक शिक्षामा जोड दिने नीति लिएको छ । गाउँपभालिका अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकाभित्रका सबै स्वास्थ्य चौकीहरुमा आबश्यक सामाग्री र पूर्वाधारको व्यवस्थापन गरेर नमुना स्वास्थ्य चौकी बनाउने नीति लिइएको छ । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि व्यापक छलफलका लागि सभालाई स्थगीत गरिएको र असार १२ गते विहान ८ बजे सुरु हुने सभामा छलफल सहित पारित गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सभामा बिनियोजन विद्येयक, आर्थिक विद्येयक,न्यायिक समितिको प्रतिवेदन,विपद् व्यवस्थापन समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन हाल सम्म भएका निर्णय र खर्चको विवरण समेत पेश गरिएको छ ।    
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २२:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP