शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट
रघुगंगा गाउँपालिकाले ल्यायो साढे ४८ करोडको बजेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार १०, २०८१
IMG_0415
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षा, स्वास्थ्य कृषि, पशुपालन, पर्यटन, पूर्वाधार, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका भित्र शुन्य होम डेलिभरीको अभियानलाई प्रभावकारी बनाउन रघुगंगा–६, रायखोर र वडा नं ७ चिमखोलामा बर्थिङ्घ सेन्टर स्थापना गरिने भएको छ ।गाउँपालिकामा रहेका सामुदायिक स्वास्थ्य इकाईमा अक्सिजन ब्यवस्थापन,नसर्ने रोगका बिरामीलाई उपचार, निशुल्क स्वास्थ्य विमा,स्वास्थ्य क्षेत्रमा जनशक्ती ब्यवस्थापन, कृषि र पशुपालनमा अनुदान सहित प्रोत्साहन, औषधीजन्य प्रयोजनका लागि जडिबुटी तथा गाँजा खेती गर्न कृषकलाई प्रोत्साहन गरिने निति लिइएको छ। गाउँपालिकाले सुन्य दरबन्दी रहेका विद्यालयमा दरबन्दी र बालविकासका सहजकर्तालाई पुनरावलोकन गरिने छ । गाउँपालिकाले ग्रामिण पर्यटन पूर्वाधार विस्तारमा समेत प्राथमिकता दिदैं धार्मिक क्षेत्र रिखारसम्म पुग्न सहज बनाउने जनाएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा पालिकाभित्र निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनालाई सडक तथा समुदायस्तरमा आवश्यक संरचना बनाउन समन्वय गर्ने उल्लेख छ। सोमबार सम्पन्न भएको गाउँसभामा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल पछि पारित भएको छ ।चालुतर्फ ३६ करोड ९४ लाख ३७ हजार रुपैयाँ र पुँजीगततर्फ एघार करोड ५६ लाख ५८ हजार रुपैयाँ रहेको छ । बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान ७ करोड ८२ लाख रुपैयाँ , राजश्व बाँडफाँडबाट ९ करोड २२ लाख, सशर्त अनुदान २१ करोड ६८ लाख, विशेष अनुदान१ करोड २५ लाख, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ९४ लाख ५७ हजार, राजश्व बाँडफाँडबाट १ करोड १४ लाख ३८ हजार, समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख बजेटलाई समावेश गरिएको छ । त्यसैगरि बजेटमा आन्तरिक राजश्व तर्फ १ करोड ४५ लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहन आउने ४ करोड बजेटलाई समेत स्रोत अनुमान गरिएको छ ।गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न २ करोड, सडक मर्मत सम्भारमा ४० लाख, प्रदेश सम्पुरक योजना अन्तरगत पाखापानी रायखोर घ्यासीखर्क सडकलाई ४० लाख, विपद् व्यवस्थापन योजनामा ४० लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार र आयआर्जन बृद्धि हुने क्षेत्रलाई समेटर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।  
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २२:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP