शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीको कालीपुलमा बाढीले ६ वटा पसलमा क्षति
बेनीको कालीपुलमा बाढीले ६ वटा पसलमा क्षति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ११, २०८१
बाढी कालिपुल
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ। बेनी नगरपालिका–८,कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो। बेनी नगरपालिका–८, का वडा अध्यक्ष उत्तम कर्माचार्यले ६ वटा सवारी साधन मर्मत र बिक्री गर्ने पसलमा बाढीले क्षति पुर्‍याएको जानकारी दिनुभयो। ३५र३५ लाख लाख रुपैयाँ मूल्य बराबरको सवारी साधनको पाटपुर्जा भएको शुभलक्ष्मी मोटरपार्टस् र चाँदनी अटो मोबाइल्स भित्र बाढी पसेको सञ्चालकले बताएका छन्। यसैगरी चुमन शाहको टायर बिक्री तथा मर्मत केन्द्र, अनिल शर्मा, राजेश तामाङ र मनोहर गुप्ताको सवारी साधन मर्मत तथा पाटपुर्जा बिक्री गर्ने पसलमा पनि बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो। ४ वटा पसलमा ३० लाख रुपैयाँ मूल्य बराबरको सामान र उपकरण क्षति भएको छ। शुभलक्ष्मी मोटरपार्ट्सका सञ्चालक देवेन्द्र पौडेलले भलबाढीले २ वटा कोठामा रहेको पसलका सामान बगाउने र पुरेर क्षति गरेको बताउनुभयो। बाढीका कारण म्याग्दी भित्रने र बाहिरिने प्रमुख कालीपुलको नाकामा मंगलबार दिनभर सवारी साधन आवतजावत गर्न समस्या भएको थियो। बेनी नगरपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीहरूले बाढी पन्छाउने र पुरिएका सामान निकाल्न सघाएका छन्। बुझिएको नाली सफा गरेर खोल्सामा आउने पानी र बाढीलाई खोल्साबाटै बगाउने प्रयास गर्ने वडा अध्यक्ष कर्मचार्यले बताउनुभयो।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २२:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP