शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा थाली नाच तालिम संचालन (फोटो/भिडिओ)
बेनीमा थाली नाच तालिम संचालन (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार १५, २०८१
IMG_0742
बेनी । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालयको ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत ९ गतेदेखि सदरमुकाम बेनीमा सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । आकर्षक तर सावधानीपूर्वक नाचिने थाली नृत्यको मौलिकता पुस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको हो । भिडिओ [embed]https://youtu.be/an7PJpPCvb8[/embed] लोकप्रिय थाली नाचको उद्गम थलो हो म्याग्दीको चिमखोला । जिल्लाको रघुगङ्गा गाउँपालिका–७,स्थित चिमखोला गाउँमा जन्मनुभएकी हिरामाया पुनले सिर्जना गर्नुभएको लोकप्रिय थाली नाच युवा पुस्ताको समेत आकर्षण बनेको छ । म्याग्दीकै पहिचान बनेको लोकप्रिय थाली नाचको मौलिकता संरक्षण र संवर्धन गर्दैै युवा पुस्तामा हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर ‘लोकेश’को भनाइ छ । थाली नाच सबैले नाच्ने गरिएपनि यसको मौलिकता हराउँदै गएको उहाँले बताउनुभयो । म्याग्दीको पहिचान बनेको थाली नाच साझा लोकनृत्य भएको मगर संघ म्याग्दीकी सल्लाहकार डकमाया पाइजाले बताउनुभयो । थाली नाचको संरक्षण र संवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दी सहित देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलन लगायत हरेक कार्यक्रमा समेत थाली नाच देखाउने गरिएको छ । गीतको लय र शब्दसँगै हातमा थाल राखेर नाचिने थाली नृत्यलाई म्याग्दीलीहरुले देशभित्र मात्र नभइ विदेशमा पनि पु¥याएका छन् । बेनी नगरपालिका–७,का वडा अध्यक्ष रमेश श्रेष्ठले भाषा,मौलिक कला संस्कृति पुस्तान्तरण नहुँदा संकटमा पर्दै गएको बताउनुभयो । भिडिओ [embed]https://youtu.be/sr5SBK4AgAM[/embed] थाली नाच कलाकार खिमा पुर्जाले ३२ जना जना प्रशिक्षार्थीहरुलाई थाली नाच बारे सिप सिकाउनुभएको थियो । तालिम लिएपछि थाली नाचको इतिहास र मौलिकताका जानकारी हासिल सँगै नाच्ने सिप सिकेको प्रशिक्षार्थीहरु टिका पुर्जा र मधु रोकाले बताउनुभयो । बि.सं. २०२८ सालमा चिमखोलाकी हिरामायाले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो ।  मगर सङ्घले जेठ १३ देखि २८ गतेसम्म मगर भाषा प्रशिक्षण सञ्चालन गरेको थियो । भने यसअघि लोकसेवा आयोगको तयारी कक्षा समेत सञ्चालन गरेको थियो । सहसचिव रमेश फगामीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष खम थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । भिडिओ [embed]https://youtu.be/EHvrupqCmKI[/embed]  
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २२:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP