शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा २० प्रतिशत धान रोपाइँ
म्याग्दीमा २० प्रतिशत धान रोपाइँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १६, २०८१
धान-रेपाइँ-म्याग्दी
म्याग्दी ।  हिमाली  जिल्ला म्याग्दीमा २० प्रतिशत धान राेपाइँ भएकाे छ। असारको १५ गतेसम्म जम्मा २० प्रतिशतभन्दा धेरै रोपाइँ हुन सकेको छैन ।मङ्गला गाउँपालिका–३, बरंजा र बेनी नगरपालिका–४,को अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालिएको भए पनि जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । आकासे पानीको भरमा रोपाइँ हुने म्याग्दीका हरेक क्षेत्रका लागि समयमै पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित बनेको हो । म्याग्दी जिल्लामै सबैभन्दा पहिला रोपाइँ हुने अर्जेखोला क्षेत्रमा जेठबाटै रोपाइँ थालनी भए पनि असार महिनाको सुरुवातसँगै म्याग्दीका कृषकहरूले धान रोपाइँ सुरु गरेको भए पनि सिँचाइको पर्याप्त स्रोत नभएको कारणले गर्दा आकाशको पानीकै भर पर्नु पर्ने भएकोले रोपाइँ पर्याप्त हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाको भनाइ छ । जिल्ला भित्र सिँचाइ सुविधा भएका क्षेत्रमा धान रोपाइँ सकिए पनि आकाशे पानीको भरमा रोपाइँ गर्न पर्ने कृषकहरूले अहिले सम्म पनि पानीको मुन नफुट्दा रोपाइँ गर्न नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।असारको सुरुवातमा पर्याप्त वर्षा नभएको तथा तीन बाली लगाइने बेँसीका फाँटहरूका खेतमा मकै भएकाले पनि धान रोपाइँमा ढिलाइ भएको छ । जिल्लाको अधिकांश कृषकहरू सिँचाइ अभावमा खेत रोपाइँका लागि वर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ । केही वर्षअघिसम्म जेठको अन्तिमबाट नै धान रोपाइँ हुने गरेकोमा अहिले मध्य असारमा समेत धमाधम धान रोपाइँ हुन नसकेको हो । जिल्लामा करिब एक हजार आठ सय हेक्टर जमिनमा मात्रै सिँचाइको पहुँच पुगेको छ । म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका धानको खेती हुने गर्छ ।लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया धान खेती समेत हुने गरेको रघुगंगा गाउँपालिकाका कृषि शाखाका सबिना पौडेलले बताउनुभयो । रघुगंगाको चिमखोला क्षेत्रमा घैया रोपाइ हुने उहाँको भनाइ छ । म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये १९ हजार चार सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ । खेतीयोग्य जमिन मध्ये १३ हजार तीन सय ५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएको मध्ये जिल्लामा तीन हजार आठ सय ९० हेक्टरको जमिनमा धान खेती हुने कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०७:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP