शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा पानीको मुहानमा दिसाका जीवाणु भेटियो
म्याग्दीमा पानीको मुहानमा दिसाका जीवाणु भेटियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार २७, २०८१
Pani
म्याग्दी । म्याग्दीका खानेपानीको मुहानमा दिसाका जिवाणु भेटिएका छन। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका विभिन्न ५९ स्थानमा गरेको खानेपानीको गुणस्तर परिक्षणमा २७ ठाउँको पानीमा खान अयोग्य जीवाणु भेटिएको थियो । झाडापखाला र आउँका विरामी धेरै भेटिएका क्षेत्रका स्वास्थ्य संस्था र समुदायको पानीको सुद्धताको अवस्था पहिचान गर्न नमुना संकलन गरेर परिक्षण गरिएको हो । स्वास्थ्य संस्था तथा गाउँ बस्तीका खानेपानीको मुहानबाट स्वास्थ्यकर्मीहरुले संकलन गरेको पानीको नमुनालाई बेनी अस्पतालको ल्याबमा परिक्षण गर्दा १४ प्रतिशत नमुनामा मानव मलमुत्रमा भेटिने इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । उहाँका अनुसार, ३३ प्रतिशत पानीको नमुनामा कोलिफर्मका जीवाणु भेटिएको छ । ‘‘ हामीले पाँच स्थानीय तहमा खानेपानीको सुद्धताको अवस्था हेर्न प्रतिनिधिमुलक मुहानहरुबाट पानीको नमुना लिएका थियौँ, बेनी अस्पतालको ल्याबमा डाक्टरहरुले निकालेको रिपोर्टमा धेरै पानीका मुहानहरु प्रदुषित र पानी पिउन अयोग्य रहेको देखिएको छ, हामीले नमुना संकलन गरेका मुहानको पानीको रिपोर्ट स्थानीय तहहरुलाई उपलब्ध गराएका छौँ’’– उहाँले भन्नुभयो । पानीको सुद्धता परिक्षणमा नमुना संकलन गरेका मध्ये गलेश्वर ज्येष्ठ नागरिक आश्रम, तातोपानीको खालीखोला, रुम स्वास्थ्य चौकी, बिम स्वास्थ्य चौकी लगायतका स्थानमा उपभोग हुने खानेपानीमा समेत इकोलीको जीवाणु भेटिएको छ । खानेपानी उपभोगका लागि अयोग्य देखिएका मुहानको सरसफाई र खानेपानीको सुद्धतामा स्थानीय तह र स्थानीय सरोकारवालाहरुलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य निरिक्षक भिम आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले खानेपानीको नमुना संकलन गरेको मध्ये बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटा, मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटा , धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा पानी उपभोग गर्न अयोग्य जीवाणु भेटिएका थिए । त्यसैगरि रघुगंगामा १४ नमुनामध्ये ५ वटा र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा खानेपानी उपभोग गर्न अयोग्य जीवाणु भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।  
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  २२:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP