शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ३१, २०८१
IMG_7045
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग र वडा नम्बर –५, पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।२ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जिव उज्वल जेभीबीच २०८० साउन महिनामा रु। ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो । प्राबिधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवत जावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो । “उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्गाउन बाँकी छ,” उहाँले भन्नुभयो “यस पुलले स्थानीयबासीलाई आवत जावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ ।” पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्धार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताउनुभयो ।“कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरिर डुबाएर स्नान र उपचार गर्नेहरुको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको थियो,” उहाँले भन्नुभयो “बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हुदै ४० मिनेट घुमाउरो बाटो हिड्नु पर्दथ्यो ।” कुल रु। १ करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० मा रु। १२÷१२ लाख बजेट बिनियोजन भएको थियो । म्याग्दी १९२० बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २०८० जेठ महिनामा भौतिक मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु। ९ लाख थप बजेट व्यवस्थापन गरेर बहुबर्षीय ठेक्का लगाउन स्विकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको थियो । डिजाइन ९नक्साङ्कन०मा देखिएको समस्या र कुल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५÷०७६ देखि नियमित बजेट बिनियोजन भएपनि कार्यान्वयन भएको थिएन् ।म्याग्दी १९१० बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण भएको बताउनुभयो । “२०७६ सालमा निर्माण स्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो,” उहाँले भन्नुभयो “२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरेपनि लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको हो ।”भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन, जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने सांसद भण्डारीले बताउनुभयो । पाउद्धार तातोपानी कुण्डलाई अन्नपूर्ण गाउँपालिकाले पिपिपि मोडेलमा सञ्चालन गर्ने प्रक्रीया अघि बढाएको अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १९:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP