शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फापरखेतमा बैकल्पिक सडक स्तरोन्नती र बेलिब्रिजका लागि गृहमन्त्रीको ध्यानार्कषण
फापरखेतमा बैकल्पिक सडक स्तरोन्नती र बेलिब्रिजका लागि गृहमन्त्रीको ध्यानार्कषण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन ५, २०८१
home minister ramesh lekhak and khambir garbuja
म्याग्दी। म्याग्दीको मुख्य बेनी–दरबाङ सडक अन्तर्गत फापरखेत पहिरोमा बैकल्पिक सडकको स्तरोन्नती र बेलिब्रिज निर्माणका लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । पहिरोका कारण १० दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत पहिरोमा बैकल्पिक सडक स्तरोन्नती र म्याग्दी नदीमा बेलिब्रिज निर्माणको लागि तत्काल आवश्यक समन्वय र पहल गरिदिन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बीर’ले शनिबार गृहमन्त्री लेखकलाई भेटेर आग्रह गर्नुभएको हो । म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिइएको सडकखण्डको सबैभन्दा संवेदनशील र पहिरोका कारण यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै सांसद गर्बुजाले छोटो दुरीमा बैकल्पिक सडक तथा बेलिब्रिजको माग गर्नुभएको थियो । ‘‘म्याग्दीमा बिपद्ले सधैं सताउने गरेको छ । मुख्य सडकमा देखिएको समस्या समाधानका लागि गृह मन्त्रालयबाटै सक्रियता आवश्यक छ’’,सांसद गर्बुजाले भन्नुभयो । फापरखेतको समस्या समाधानका लागि मङ्गला गाउँपालिका–३,पखेर लुलीयाघाट र वडा नम्बर २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणसँगै बरङ्जा हुँदै बावियाचौर जोड्ने सडकखण्डको समेत मर्मत तथा थप व्यवस्थित बनाउनुपर्ने सांसद गर्बुजाको भनाइ छ । उक्त विषयमा बैकल्पिक र सुरक्षित मार्गका लागि पहिरो खस्ने आसपासमा डिजाइन परिवर्तनका लागि समेत सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभएको छ । बेनी–दरबाङ, बेनी–जोमसोमसँगै राहुघाट क्षेत्रको सडकखण्डका समस्या, बिपद्बाट विस्थापितलाई राहतमा प्राथमिकता दिन समेत गृहमन्त्री लेखकलाई सांसद गर्बुजाले अनुरोध गर्नुभएको थियो । गत बिहीबार रातिदेखि अवरुद्ध बेनी–दरबाङ सडक सिधा यातायात सेवा संचालन हुन नसक्दा पश्चिम म्याग्दीका जनताले सास्ती भोग्न वाध्य भएका छन् । पहिरोका कारण सिधा यातायात संचालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौं यात्रुहरु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुङ्गे पुल तरेर सिमलचौर निस्केपछि अर्को गाडी चडेर गन्तव्यमा जाने गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP