शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • देविस्थानको पन्थोकमा वडा कार्यालय भवन निर्माण
देविस्थानको पन्थोकमा वडा कार्यालय भवन निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ६, २०८१
IMG_1123
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,को वडा कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको ७६ लाख रुपैयाँ बजेटबाट पन्थोकमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो,साँघुरो र जिर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । अपाङ्गमैत्री,भूकम्प प्रतिरोधी क्षमता भएको सात कोठा भएको एक तले भवन बनाइएको छ । भवन निर्माण गर्नका लागि गत मङ्सिर १८ गते भगवति मालिका कन्ट्रक्सनसँग ७६ लाख ७ हजार ५८८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । एक सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ४ वटा शौचालय र शयनकक्ष छन् । नवनिर्मित भवन हस्तान्तरण भएपछि सेवा सुचारु गर्ने वडा अध्यक्ष मिम पुनले बताउनुभयो । उहाँका अनुसार, निवर्तमान वडा सदस्य सुवेदार दिलबहादुर पुनको नेतृत्वमा स्थानीयबासीले चन्दा सङ्कलन गरेर स्थानीय केमबहादुर मल्लबाट खरिद गरिएको करिब चार रोपनी जग्गा वडा कार्यालयलाई निशुल्क उपलब्ध गराउनुभएको थियो । सुविधासम्पन्न भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाहमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा कार्यालय सम्म पुग्न पहुँचमार्ग समेत निर्माण गरिएको छ । पार्किङ सहितको सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्न सहज बन्ने अपेक्षा गरिएको स्थानीय लोकेन्द्र पुनले बताउनुभयो । सात वटा वडा रहेका मालिका गाउँपालिकाको यसअघि वडा नम्बर ३ को किटिनिमा भवन निर्माण भएको थियो ।वडा नम्बर ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ । वडा नम्बर २ र वडा ४को वडा कार्यालयहरु पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएका छन् । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नम्बर १ र ७ को वडा कार्यालय भवन निर्माणका लागि २ करोड रुपैयाँ बजेट बिनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP