शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीले संसद्‌मा पाए दुईतिहाइ मत
प्रधानमन्त्री ओलीले संसद्‌मा पाए दुईतिहाइ मत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ६, २०८१
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो ।ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो ।नेमकिपाका सांसद प्रेम सुवाल भने तटस्थ बसे ।सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ हुन १८४ मत आवश्यक पर्छ । ओलीले त्यसभन्दा ४ मत बढी पाउनुभएको छ । २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका एमाले अध्यक्ष ओलीले भोलिपल्टै पद तथा गोपनीयताका शपथग्रहण गर्नुभएको थियो । एक साता नबित्दै ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको हो।ओलीलाई कांग्रेस–एमालेका अलावा जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति र २ स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।ओलीको विपक्षमा माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादीसहितले मतदान गरेका छन् । २०७९ पुस २६ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७० सदस्य उपस्थित हुँदा २६८ जनाको समर्थन पाउनुभएको थियो । जुन ९९ प्रतिशतभन्दा बढी थियो । तर, पाँचौंपटक विश्वासको मत लिने क्रममा प्रचण्डले गत असार २८ गते ६३ जनाको मात्रै मत पाउनुभयो ।प्रचण्ड पदमुक्त भएपछि ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भन्नुभएको हो । यी दुई दलबीच २०८३ असारसम्म ओली र त्यसपछि २०८४ मंसिरमा निर्वाचन नगर्दासम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १९:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP