शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरधाममा भक्तजनको भीड (फोटो/भिडिओ)
गलेश्वरधाममा भक्तजनको भीड (फोटो/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ७, २०८१
गलेश्वर
गलेश्वर । साउन महिनाको पहिलो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन र पुजाआजा गर्ने भक्तजनको भीड लागेको छ । विगत वर्षहरुमा भन्दा यस वर्षको साउन महिनाको पहिलो सोमबार बिहानैदेखि दर्शन र पुजा गर्ने भक्तजनको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/2ZH_hp_cY1c[/embed] गलेश्वर शिवालय क्षेत्र विकास कोषले बिहान ५ बजे बाटै पुजाअर्चनाका लागि बन्दोबस्त मिलाइएको छ । गलेश्वर मन्दिरमा पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी २३ वटा उपसमिति गठन गरिएको छ । मन्दिरमा विद्यार्थी ,शिक्षक ,प्रहरी ,सामुदायक प्रहरी,क्लब तथा स्थानीय आमा समुहले सेवा दिएका छन् । पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी स्वयंसेवक परिचालन गरिएको छ । शिवालयको कार्यालय नजिकै स्वास्थ्य हेल्पडेस्क राख्नुका साथै आवश्यक सूचना समन्वयका लागि पनि आवश्यक प्रवन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ । चक्रशीलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । साउन महिनाको पहिलो सोमबार गलेश्वरधाममा चक्राकार जलबराहकुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वासले गलेश्वरधाम दर्शन गर्न आएको म्याग्दीको मालिका गाउँपालिका–४,सिस्नेरीकी सेरु बुढाथाेकीले बताउनुभयो । सोमबार पर्वत बागलुङ,काठमाडौं ,पोखरा ,चितवन ,वुटवल, भैरवा धादिङ लगायत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आएका छन् । मनोकांक्षा पुरा हुने विश्वासले दर्शन गर्न आएको बेनीका नेत्रराज सुवेदीले बताउनुभयो । यहाँ साउने सोमबार ,महाशिवरात्री र बालाचतुर्दशीमा पनि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो द्वार मुक्तिद्वारको रुपले समेत चिनिन्छ ।पूर्वमा कृष्ण गण्डकी, गायत्री मन्दिर, पश्चिम कालञ्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखार , धौलगिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी रहेका छन् ।        
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP