शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने
म्याग्दीमा माघे संक्रान्ति मेलाको आयोजना हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस २३, २०७६
Maghe-Sakranti

बेनी ,बुधबार पौष २३ गते ।
माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलाका बारेमा जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादनका स्टल राखिने मूल संयोजक एवम् महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताउनुभयो ।

‘मेलाको तयारी सुरु भएको छ,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष केसीले भन्नुभयो । उहाँका अनुसार नेपाल भ्रमण बर्षलाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता, स्थानीय जातजातिको कला र संस्कृतिको संरक्षण सहितका कार्यक्रम प्रमुख आर्कषण रहेको बताउनुभयो । लोकगीतमा जिल्लाका सबै स्थानीय तहलाई समेट्ने गरी जिल्लाका सबै स्थानीय तहबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो । मेलाको अवसरमा सदरमुकाम बेनीमा जातिय भेषभुषा सहित बजार परिक्रममा, एकल नृत्य प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगिता समेत गरिने जनाइएको छ ।

मेलामा आर्कषक नृत्य मयूर नाचलाई समेत ल्याउन पहल भइरहेको बताउँदै मेलाअवधिभर महिला उद्यमीको उत्पादनलाई विक्री वितरणको विषेश ब्यवस्था समेत रहेको जनाइएको छ ।
‘उद्योग, ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक लगाएत सम्रग क्षेत्रलाई समेटेर फोटो प्रर्दशनरी समेत गरिने छ । कुल ९ लाख ३५ हजारको आयब्यय प्रस्तुत गरिएको कार्यक्रममा करिव ४० हजार बचत गर्ने लक्ष्य रहेको कोषाध्यक्ष सिर्जना भट्टचनले बताउनुभयो । पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, द्धितिय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतम लगायत महिला उद्यमको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सचिव बिष्णु गुरुङ र समापन प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्कीले गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  २१:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP