शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण
दग्नाममा बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन ७, २०८१
IMG_E2630
दग्नाम । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नामका बाढीपहिरा प्रभावितलाई राहत सामाग्री वितरण गरिएको छ । क्रिष्चियन समाज म्याग्दीको समन्वयमा असल छिमेकी नेपाल पोखराले सोमबार घटनास्थलमै पुगेर  वडाका जनप्रतिनिधिहरुको रोहवरमा एकलाख छ हजार रुपैयाँ बराबरको खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो । पूर्णक्षति भएका चार परिवार र उच्च जोखिममा रहेका पाँच परिवारलाई राहत सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका परियोजना अधिकृत सुरेन्द्र दासले बताउनुभयो । उहाँका अनुसार ,पूर्णक्षति भएका ईन्द्रमान थजाली, झङ्ग बहादुर सेरपुजा, कृष्णमाया गर्बुजा र बल प्रसाद पुनलाई प्रतिपरिवार एघार हजार पाँचसय रुपैयाँ बराबरको जिरामसिना २५ केजी एक बोरा चामल सहित खाद्यान्न सेत, स्वास्थ्य समाग्री, बलाङकेत २ थान, त्रिपाल १ थान र पिफम १ थान लगायतका समाग्री बितरण गरिएको छ । त्यसैगरी, उच्च जोखिममा रहेका पदम गर्बुजा, याम बहादुर गर्बुजा, रितु परियार, भुल बहादुर तिलिजा र हस्त बहादुर गर्बुजाका प्रतिपरिवारलाई नौ हजार सातसय रुपैयाँ बराबरको खाद्यान्न सेत, स्वास्थ्य समाग्री, बलाङकेत २ थान र पिफम १ थान लगायतका समाग्री वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा रघुगंगा गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष पविन गर्बुजा, वडा सदस्य राजकुमारी गर्बुजा, जनता माविका प्रअ खड्क गर्बुजा, पूर्व प्रअ गुन पुन संस्थाको तर्फबाट असल छिमेकी नेपालका उपाध्यक्ष मुक्तिनाथ ढकाल, परियोजना अधिकृत सुरेन्द्र दास क्रिष्चियन समाज म्याग्दीका अध्यक्ष सुर्य तिलिजा लगायतका सहभागिता रहेको थियो । असार २७ गतेको अत्याधिक बर्षाले दग्नामको जनता माविको चारकोठे भवन भत्किएको छ । भवन पर्खाल सहित भत्किनुका साथै  विद्यालय संगै रहेको इन्द्रमान थजालीको घर पूर्ण रुपमा क्षती भएको थियो । जनता माविको भत्किएको कक्षा कोठा व्यवस्थापन गर्न १५ बन्डल जस्ता पाता सहयोग गर्ने असल छिमेकी नेपालका उपाध्यक्ष ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २३:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP