शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • साउन महिनाको पहिलो सोमबार गलेश्वरमा साढे तीन लाख बढी भेटी सङ्कलन
साउन महिनाको पहिलो सोमबार गलेश्वरमा साढे तीन लाख बढी भेटी सङ्कलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन ८, २०८१
FB_IMG_1721722452137
गलेश्वर । यस वर्षको साउन महिना पहिलो सोमबार प्रसिद्ध गलेश्वरधाममा तीन लाख ७२ हजार रुपैयाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ । दर्शन तथा पूजाअर्चनाका लागि बिहान पाँच बजेदेखि नै पुगेका भक्तजनहरुले चढाएको भेटि मङ्गलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनले दानपेटिका तथा अन्यत्र चढाएको भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोषले मङ्गलबार बिहान गणना गरेको थियो । मन्दिर क्षेत्रभित्र चडाएको रकम बिहान गणना गरेर बेनीस्थित गरिमा विकास बैंकमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । मन्दिरमा हुने ठूला पर्वहरु पछि भेटी गणना गरेर सार्वजनिक गर्ने गरिएको छ । साउन महिनामा यस वर्ष चार सोमबार परेको र सबै सोमबारमा हुने भक्तजनको भिड पछि मङ्गलबार रकम गणना गरेर सार्वजनिक गर्ने कोषका कार्यालय सचिव रामबहादुर बानियाँको भनाइ छ। मन्दिरमा राखिएका दानपेटिकाहरुमा भक्तजनले चढाएको रकम कोषका पदाधिकारी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको रोहबरमा गणना गरिएको उहाँले बताउनुभयो।२०८० को साउन महिनामा नौ लाख २७ हजार २३ रुपैयाँ सङ्कलन भएको थियो भने २०७९ को साउन महिनाभरि १७ लाख ६९ हजार छ सय ८८ रुपियाँ भेटी वापत सङ्कलन भएको थियो ।  
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP