शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजला गाउँपालिकाद्धारा लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा
जलजला गाउँपालिकाद्धारा लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन १०, २०८१
jaljala (3)
बेनी । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका लक्षित वर्ग एवं समुदायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब र अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको हो । गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो । गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने,सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलाग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । ‘गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउने र नागरिकको स्वस्थ्य अवस्थामा सूधार ल्याउन प्राथमिकता दिएका छौं,’गाउँपालिका अध्यक्ष आचार्यले भन्नुभयो,‘जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो । २४ घण्टै सेवा उपलब्ध हुन्छ ।’ गाउँपालिका भित्र निशुल्क बाहेक गाउँपालिकाभित्रका बासिन्दाले सेवा लिन चाहनेलाई भाडा तोकिएको छ । गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्क सहित विवरण संकलन गर्ने समेत गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाई छ । यसैबीच सेवाप्रवाहका लागि गाउँपालिकाले निशुल्क टोल फ्रि नम्बर १८१०५०००१६८ तथा ३ जना नगर प्रहरी, २ जना चालक र २ कर्मचारीलाई सचिवालयमा राखिएको छ । गाउँपालिकाका कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन सकिने गाउँपालिकाले जनाएको छ ।सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १९:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP