शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बधस्थलमा मरेको भैंसी काट्दै गरेको अवस्थामा फेला
बधस्थलमा मरेको भैंसी काट्दै गरेको अवस्थामा फेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन १४, २०८१
mareko vaisi
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२,हाडेभिरमा बिरामी भएर मरेको भैंसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा सुरेश दर्जी सहितको टोलीलाई रंगेहात समातिएको बेनी नगरपालिका पशु शाखाले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मी, बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणी शर्मा, नेपाल प्रहरी र नगरप्रहरी सहितको टोलीले अनुगमनको क्रममा खरिद गरी ल्याउँदै गरेको अवस्थामा बधस्थल बाहिर नै मरेपछि हतारमा काट्दै गरेको अवस्थामा फेला पारेको बेनी नगर पशु शाखाका चिकित्सक शर्माले बताउनुभयो ।‘बिरामी भैसी ल्याउँदै गर्दा बधस्थल बाहिर नै मरेपछि साँझपख काट्दै गरेको अवस्थामा फेला पायौं, कानुनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ’ पशु चिकित्सक शर्माले भन्नुभयो । पशु बिक्रेता र खरिद गर्ने दुबैले बिरामी अवस्थामा बिक्री गरेको र ल्याउँदै गर्दा बधस्थल नजिकै मरेको स्वीकार गरेको बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणी शर्माको भनाई छ । मासु ब्यवसायी दर्जीलाई खाद्य ऐन अनुसार कारवाहीका लागि सिफारिस गरिएको छ । मरेको भैसी नजिकै खाल्टो खनेर बिर्सजन गरिएको थियो । नगरपालिकाकै सक्रियतामा बनाइएको बधस्थलबाट बेनीबजार तथा आसपासका क्षेत्रमा राँगा र भैसी मासुको खपत धेरै हुन्छ । पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली ०५६ मा पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ प्रावधान भएपनि म्याग्दीमा जनशक्तीको अभाव भन्दै मासु ब्यवसायीले राँगा र भैसी बिना परीक्षण काट्ने गरेका छन् । बधशालामा राँगाको तुलनामा भैसी धेरै काट्ने गरिएपनि प्रभावकारी अनुगमन हुने गरेको छ । पछिल्लो समय दुग्धपालक कृषकको संख्या बढेसँगै थारा भैसी सस्तो मुल्यमा कटाउने गरेपनि ब्यवसायीले राँगाकै सहर भैसीको मासुको मुल्य लिने गरेका छन् । बेनीको बधस्थलको अवस्था सधै लथालिंग छ । मासु र फोहोर सँगसँगै राखेको, हडीहरूमा किरा परेको, मासु काट्ने स्थान अत्यधिक फोहोर हुने गरेको छ ।  
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  २१:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP