शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ¥यालेखोर–खुम्लीया खानेपानी आयोजना निर्माण
¥यालेखोर–खुम्लीया खानेपानी आयोजना निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २१, २०८१
ryalikhor-mangala
म्याग्दी । जिल्लाको मंगला गाउँपालिकाको ¥यालेखोरमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । मंगला गाउँपालिका–२,स्थित ¥यालेखोर बस्ती मुनी मुहानबाट सौर्य उर्जा मार्फत लिफ्ट प्रबिधिबाट पानी तानेर घरघरमा धारा जडान गरि वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सस्था, मंगला गाउँपालिका र उपभोक्ताहरुको साझेदारीमा सो आयोजना निर्माण भएको हो । बस्ती मुनी पहिराको मुहानबाट १०९ मिटर माथि तानिएको आयोजना निर्माणमा आर्थिक सहयोग सँगै प्राविधिक सहयोग गरेको नेवा संस्थाका प्राबिधिक गोर्खबहादुर शाहीले बताउनुभयो । ९२ लाख २४ हजार ९८७ रुपैयाँ लागतमा ¥यालेखोर,खुम्लीया र भाइवाङमा निर्माण भएको आयोजनाको शनिबार मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी र नेवा संस्थाका गण्डकी प्रदेश प्रमुख रमेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।प्रति सेकेण्ड २ लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुुवन मंगला माविमा निजी धारा मार्फत वितरण गरिएको हो ।उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले ¥यालेखोर र भाइवाङका १०० घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा ८ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । भाइवाङ बस्तिमा पधेराको मुहानको पानी वितरण गरिएको छ । “यसअघि ४/५ वटा घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,” आचार्यले भन्नुभयो “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सिमित स्रोतले पनि सबैले सहज रुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्कि चाङ बनाइएको छ । नेवा संस्थाको ३८ लाख ७१ लाख ३०७ रुपैयाँ , मंगला गाउँपालिकाको २७ लाख रुपैयाँ अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार ४६८ रुपैयाँ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अध्यक्ष आचार्यका अनुसार उपभोक्ताहरुले श्रमदानका अलावा थप ३ लाख ७५ हजार २१२ नगद संकलन गरिएको थियो । स्थानीयबासी पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्जट र सास्ती हटेको बताउनुभयो । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाइबस्तुलाई खुवाउन र सरसफाईका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको छ ।नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको थप २ ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर, १ विद्यालय र हिदीका ६४ घरमा निजी धारा सहितको खानेपानी वितरण गरिएको प्राविधिक शाहीले बताउनुभयो ।  
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २२:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP