शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एसईईमा उत्कृष्ट अंक ल्याउने दुवै हात नभएकी पवित्रालाई वडा कार्यालयको नगद सहित सम्मान
एसईईमा उत्कृष्ट अंक ल्याउने दुवै हात नभएकी पवित्रालाई वडा कार्यालयको नगद सहित सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २३, २०८१
454006390_485547244228275_3297542643024562922_n
बेनी । एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन सफल दुवै हात नभएकी पवित्रा बिकलाई वडा कार्यालयले नगद सहित सम्मान गरेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,वडा कार्यालयले एक कार्यक्रमका विच विकलाई  २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेको हो । सोही वडाको नारच्याङ घर भई हाल पोखरा बस्दै आउनुभएकी पवित्रलाई कार्यवाहक वडा अध्यक्ष भिमबहादुर सेरपुजा,वडा सदस्य श्याम पुर्जा लगायतले थप उज्वल भविष्यको कामना गर्दै नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । एसईईको नतीजा अनुसार पवित्राले ३.१२ जीपिए ल्याएर उत्तीर्ण हुनुभएको थियो । दुवै हात नभएपनि हिम्मत नहारी एसईईमा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुनुभएकी पवित्राको शैक्षिक प्रगतिमा थप हौसला प्रदान गर्न सम्मान गरिएको कार्यवाहक वडा अध्यक्ष सेरपुजाले बताउनुभयो । पवित्रा रामबजारस्थित एसओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी हुनुभएको थियो।पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्रमा विद्यालयले उपलब्ध गराएको सहयोगीको भरमा पवित्राले परीक्षा दिनुभएको थियो । ९ कक्षामा पढ्ने सहयोगी बिभूती पाण्डेले उहाँलाई सहयोग गर्नुभएको थियो। पवित्राको देब्रे हातै छैन । कुहिनासम्म ठिकै रहेको र त्यसपछि एउटा सानो औलामात्रै बनेर निस्किएको छ दाहिने हात पनि । त्यसबाहेक अरु शारीरिकरुपमा उहाँ दुरुस्त हुनुहुन्छ । हात नभए पनि उनले खुट्टाको औंलाको सहायताले कलम च्यापेर लेख्नुहुन्छ ।  
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP