शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन
नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २४, २०७६
IMG_3670

बेनी,विहिबार पौष २४ गते ।
नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हमाल ,केशरमान पुन ,ललिन पुन ,खेमबहादुर जुग्जाली,भिमसेन अधिकारी ,बिरेन्द्र पुन ,विनय जुग्जाली र जविन रोका चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल केन्पोकाई संघ,केन्द्रीय सचिव रबिन्द्र बज्रचार्यले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संघको निति तथा कार्यक्रम अनुसार जिल्ला खेलकुदको विकासमा अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नयाँ कार्यसमितिका अध्यक्ष पुन मगरले संघको निति नियम तथा कार्यक्रम अनुसार जिल्लाको खेलकुदको विकासमा लाग्ने बताउनुभयो ।

उहाँले जिल्ला भित्र संचालन हुने केन्पोकाई भित्रका खेलहरुलाई व्यवस्थित बनाई राष्ट्रिय एव् अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा साउथ एसियन चिप कोच नाराज खड्का (हरि) ,केन्द्रिय सदस्य एवम् नेपाल केन्पोकाई संघ म्याग्दीका प्रशिक्षक अनुप गौचन लगायतको उपस्थिती रहेको थियो । साउथ एसियन चिप कोच खड्का अनुसार केन्पोकाई विदा अन्तर्गत पाँच खेल तरबार ,जुधो ,ज्याम्नाष्टि,किक बक्सिङ,कराते तथा आत्मरक्षा जस्ता खेलहरु रहेका हुन्छन् ।
यसअघि जापानमा भएको४४ औं विश्व केन्पोकाई प्रतियोगितामा नेपालको तर्फबाट म्याग्दीबाट प्रशिक्षक एव् केन्द्रिय सदस्य अनुप गौचन सहित भिमसेन अधिकारी र नारायण सिंउथानी लगायतको टोलीले सहभागिता जनाएको थियो ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १९:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP