शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • काभा महिला भलिबलको उपाधि भारतलाई
काभा महिला भलिबलको उपाधि भारतलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २३, २०८१
Screenshot_20240807_212801_YouTube
काठमाडौं । घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ। घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ।कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक जोड्यो। तर बलियो प्रतिद्वन्द्वी भारतले केहि बेरमै ३–३ को बराबरीमा पुर्यायो। अंक जोड्ने होडबाजी दुवै टिमको थियो। नेपाललाई भरपुर दर्शकको साथ थियो। ब्लकमा मजबुत भारतले नेपाललाई चुनौती दिदै १८–१४ को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिएको भारतले २३–२० को अग्रता बनाउँदा भारत पहिलो सेटको जित नजिक थियो। तर थप दुई अंक जोड्न नेपालले दिएन। लगातार ४ अंक जोडेर नेपालले उत्कृष्ट शैलीमा पहिलो सेट २५–२३ ले जित्दै १–० को अग्रता बनायो। दोस्रो सेटमा भने भारत हाबी बन्यो। भारतको अट्याकलाई नेपालको डिफेन्सले रोक्न सकेन। कमजोर नेपाली ब्लकको फाइदा उठाउँदै भारतले १३–७ को अग्रता बनायो। यसपछि निरन्तर अंक जोडेर नेपाललाई मात्र १४ अंकमा रोक्यो। यो सेट नेपालले १४–२५ ले गुमायो। भारत खेललाई १–१ को बराबरीमा पुर्याउन सफल रह्यो।तेस्रो सेटमा भने नेपाल कमब्याक गर्न सफल भयो। कुनै पनि समय यो सेटमा भारतले अग्रता बनाउन सकेन। ११–७ को अग्रता बनाएपछि नेपाललाई सहज भयो। ११–१४ ले पछि परेपछि भने भारतले कप्तान तथा सेटर जिनी कोभात साजीलाई कोर्टमा उतार्यो। डेंगुको कारण उनले पहिलो खेल खेलेपछि कुनै खेल खेलेकी थिइनन्। उनलाई कोर्टमा उतारे पनि यो सेट नेपालले २५–२२ ले जित्यो। खेलमा नेपालले २–१ को अग्रता बनायो।खेलमा टिकीराख्न भारतलाई चौथो सेट जित्नै पर्ने थियो। सोही अनुरूप भारतले दमदार प्रदर्शन गर्यो। उत्कृष्ट डिफेन्सका साथ भारतले कुनैपनि समय नेपाललाई अग्रता बनाउन दिएन। २५–२१ ले भारतले चौथो सेट जितेपछि खेल २–२को बराबरीमा पुग्यो। खेल पाँचौ सेटतर्फ धकेलियो। पाँचौ सेटमा भने नेपाल सुरूवात देखि नै पछि पर्यो। ३–० को भारतले अग्रता बनाएपछि नेपालले कमब्याक गर्न नै सकेन। ११–५ ले भारत अघि रहँदा नेपाल हार नजिक पुगेको थियो।फेरि यो पटक नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को इतिहास दोर्याएर भारत च्याम्पियन बन्यो। पाँच वर्ष अगाडि नेपाल स्वर्ण को लागि भारतसँग नै पाँचौ सेटमा हारेको थियो। नेपाललाई मात्र ५ अंकमा रोकेर भारतले पाँचौ सेट १५–५ ले जित्दै भारतले नेपाललाई स्तब्ध बनायो। नेपालले लिग चरणमा भारतलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो।आजको खेलमा दर्शकको उपस्थिति उल्लेख्य मात्रामा थियो। टिकट दर १५ सय राखिएको थियो। खुट्टा टेक्ने ठाउँ सम्म कभर्ड हलमा थिएन। धेरै ढोका बन्द गर्दा टिकट काटेका दर्शकले समेत हल प्रवेश गर्न पाएनन। भीड थाम्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २१:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP