शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • १३ वर्षदेखि परदेशीको बाटो पर्खिरहेका म्याग्दीका एक परिवार
१३ वर्षदेखि परदेशीको बाटो पर्खिरहेका म्याग्दीका एक परिवार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन २५, २०८१
Lil_Prasad__final-myagdi
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदी चेचुङ गाउँको लिलप्रसाद घर्ती १३ वर्षअघि मलेसिया जानुभयो । घरको आर्थिक अवस्था कमजोर भएकाले घर्तीलाई बा,आमा, श्रीमती, एक छोरा र तीन छोरी घरमै छोडेर मलेसिया जानुपर्ने बाध्यता आएको थियो । मलेसिया पुगेको केही समयसम्म उहाँले घरमा चिठ्ठी र पैसा पठाउनु भयो । बेलाबेला परिवारसँग फोनमा कुराकानी पनि हुन्थ्यो । यति हुँदैमा पनि परिवारमा खुशी छाएको थियो । उहाँकी श्रीमती लक्षिमाले छोराछोरी राम्रो विद्यालयमा भर्ना गर्नु भयो । घरमा खाने लाउने समस्या कम हुन थाल्यो । छोराछोरी, आमाबुबा र आफू खुशी भएको लक्षिमाले लिलप्रसादलाई सुनाउनुहुन्थ्यो । यसरी काम गर्दै पैसा जोगाउँदै घर परिवारसँग सुख साट्दै दुई वर्ष बित्यो । एकदिन फोनमा लिलप्रसादले कम्पनीले दिने घर बिदामा आफू घर आउने बताउनु भयो । यो कुराले लिलप्रसादको परिवारमा खुशी थपियो । घर बिदामा आउने दिनहरू नजिकिँदै गर्दा लिलप्रसादले लक्षिमालाई फोन गरेर आफू अर्को कम्पनीमा काम गर्न जान लागेको बताउनु भयो । तर कुन कम्पनीमा के कामका लागि जान लागेको भन्ने बारे केही भन्नुभएन ।त्यसपछि लिलप्रसादको फोन पनि आउन छोड्यो । कम्पनी फेर्दा हुने जोखिमबारे न परिवारलाई थाहा थियो न त लिलप्रसादलाई । बाबा घर फर्कने दिन गनेर बसेका छोराछोरीले दिनको गन्ती भुले । लक्षिमाका दिनहरू लिलप्रसादको फोन आउँछ कि भन्ने आशमा बित्न थाले । आमाबुबाका आँखा छोरो फर्कन्छ कि भन्दै टोलाउन लागे ।आर्थिक अवस्था उँभो लागेको परिवार फेरि के खाऊँ र के लाऊँको अवस्थामा पुग्यो । घर व्यवहार कसरी चलाउने रु छोराछोरीलाई कसरी पढाउने रु सासूससुराको रेखदेख कसरी मिलाउने रु यी सबै जिम्मेवारी लक्षिमाको काँधमा आयो । उहाँले आमाजूको जग्गा कमाएर घर व्यवहार मिलाउन थाल्नु भयो । खेतीपाती गरेर उब्जेको अनाज बेचेर छोराछोरी पढाउनु भयो । लक्षिमाको दुःखमा माइतीले साथ दिए । समय बित्दै गयो । लक्षिमाले निकै दुःख गरेर छोराछोरी पढाउनु भयो । परिवार चलाउनु भयो । अहिले उहाँको ठूलो छोरा र छोरीको विवाह भइसकेको छ । उहाँले आफ्नो कर्तव्य राम्ररी पूरा गरिरहनुभएको छ । तर उहाँलाई आफ्नो श्रीमानको साथ खड्किन्छ । गाउँबाट विदेश जाने सबैलाई उहाँले श्रीमान् खोजिदिन अनुरोध गरिरहनु भयो ।एकदिन लक्षिमाका छोरा साथीको राहदानी (पासपोर्ट) बनाउन जिल्ला प्रशासन कार्यालय जाँदा आप्रवासी श्रोत केन्द्रबारे थाहा पाउनुभयो । त्यहाँ पुगेर थाहा भयो बेपत्ता भएका मानिस खोजी दिने संस्था हुन्छ । उहाँले आफ्नो बाबा खोजी पाऊँ भनी निवेदन दिनुभयो । देश र विदेशमा रहेका विभिन्न सङ्घ–संस्थासँग बिन्ती गर्नुभयो । लक्षिमा र उहाँको परिवारको प्रयासहरू विफल रहे । छोरा आउला भनेर बाटो हेरेर बस्नुभएकी लिलप्रसादकी आमाका आँखा उहाँको पखाईमा नै बन्द भए । लिलप्रसादका बुबा धिपधिप गर्दाको सास साँचेर छोराको पखाईमा हुनुहुन्छ । तर १३ वर्ष बितिसक्दा पनि लिलप्रसादको केही पत्तो लागेको छैन ।लक्षिमाले आफ्नै पौरखमा सबै ऋण तिरिसक्नु भयो । छोराछोरी हुर्किसके । अहिले घर परिवारको आर्थिक अवस्था राम्रो छ । लक्षिमालाई आफ्नो आसपासमा सबै कुरा मिलिसकेकाले लिलप्रसाद फर्केर आए हुने भन्ने छ ।उहाँले अझै पनि विदेश जाने आफन्त, नातागोता, छरछिमेक र साथीभाइलाई आफ्नो श्रीमानलाई खोजिदिन अनुरोध गरिरहनुभएको छ । त्यसबाहेक जिल्ला समन्वय समितिले सञ्चालन गरेको आप्रवासी श्रोत केन्द्रमा निवेदन दिनुभएको छ । केन्द्रले विभिन्न निकायहरूसँग सहकार्य गरेर खोजी गरिरहेको छ । १३ वर्षदेखि छोराछोरी बाबा आउने प्रतिक्षामा छन् । ujyaaloonlineबाट साभार  
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP